संसद सुचारु गराउन एमाले सांसदहरुलाई राष्ट्रियसभा अध्यक्ष तिमिल्सिनाको आग्रह
काठमाडौं । राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले संसद सूचारु गराउन एमाले सांसदहरुलाई आग्रह गरेका छन् । शुक्रबार बसेको राष्ट्रियसभा बैठक पनि एमाले सांसदहरुले उठेर अवरुद्ध पारेपछि बैठक सुचारु गराउन उनलेआग्रह गरेका हुन् ।
प्रधानमन्त्रीलाई आफूहरुले राखेको प्रश्नको जवाफ दिने वातावरण बनाउन पनि एमाले सांसदहरुले संसद बैठक सुचारु गराउनुपर्ने अध्यक्ष तिमिल्सिनाको भनाई थियो । उनले नेपालको सरकार नेपालको संसदले बनाउँछ कि अरु बाहिरबाट भनेर सांसदहरुले राखेका जिज्ञासाको जवाफ दिन पनि प्रधानमन्त्रीले बोल्नुपर्ने भएकाले संसद बैठक सूचारु गराउन एमाले सांसदहरुलाई सचेतगराएका थिए ।
एमाले सांसदहरुले बैठक अवरुद्ध गर्ने अडानलाई निरन्तरता दिएपछि अध्यक्ष तिमिल्सिनाले असार २४ गते आईतबारसम्मका लागि बैठक स्थगित गरे । त्यसैगरी उनले आजको लागि तय गरिएको विभिन्न मन्त्रालयको विनियोजन शीर्षकमाथिको छलफल असार २४ गते आईतबार बस्ने बैठकमा छलफल गर्ने कार्यसूचि तय गरिएको पनि बैठकलाई जानकारी गराए ।
अध्यक्ष तिमिल्सिनाले विभिन्न मन्त्रालयको विनियोजन शीर्षकमाथि सांसदहरुले उठाएको प्रश्नको जवाफ दिनका लागि यही असार २५ र २६ गते दुई दिनको समय तोकिएको समेत सांसदहरुलाई सुचित गरे ।
कर्णालीका नवनियुक्त मन्त्रीहरूले लिए शपथ
काठमाडौं । कर्णाली प्रदेश सरकारमा चार जना मन्त्रीहरूले पद तथा गोपनीयताको सपथ लिएका छन् । आइतबार प्रदेश प्रमुख...
सुदूरपश्चिमको मुख्यमन्त्रीमा कमलबहादुर शाहले गरे दाबी पेस
काठमाडौं । सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा नेपाली कांग्रेसका कमलबहादुर शाहले दाबी पेस गरेका छन् । आज बिहान बसेको कांग्रेस संसदीय...
वर्तमान गठबन्धन लामो समयसम्म टिक्छ : विमलेन्द्र निधी
काठमाडौं । नेपाली कांग्रेसका नेता विमलेन्द्र निधीले वर्तमान गठबन्धन लामो समयसम्म टिक्ने दाबी गरेका छन् । जनकपुरधामको श्रीराम...
सुदूरपश्चिममा आज नयाँ सरकार गठन हुँदै
काठमाडौँ । सुदूरपश्चिम प्रदेशमा आज नयाँ सरकार गठन हुँदैछ । प्रदेश प्रमुख नजिर मियाँले नयाँ सरकार गठन गर्न...
कर्णालीका चार मन्त्रीहरूले आज पद तथा गोपनीयताको शपथ लिँदै
काठमाडौं । कर्णाली प्रदेश सरकारमा चार जना मन्त्रीहरूले आज पद तथा गोपनीयताको सपथ लिने भएका छन् । मन्त्रीहरूले को...
आज एमालेका मनोनित केन्द्रीय सदस्यको शपथग्रहण
काठमाडौं । आज नेकपा एमालेका मनोनीत उपाध्यक्ष, स्थायी कमिटी तथा केन्द्रीय सदस्यको शपथग्रहण कार्यक्रम रहेको छ । पार्टी...