सुडानमा हवाई हमला : २२ जनाको मृत्यु, कयौं घाइते
काठमाडौं । सुडानको राजधानी खार्तुमको छिमेकी शहर ओमडुरमनको आवासीय क्षेत्रमा हवाई हमला हुँदा २२ जनाको मृत्यु र कयौं घाइते भएका छन् । सुडानी सेना र एक विद्रोही अर्धसैनिक संगठन आरएसएफबीच एक साताको बीचमा भएको लडाइँमा यो सबैभन्दा धेरै मानवीय क्षति हो ।
आक्रमण कसले गर्यो भन्ने खुलेको छैन । आक्रमणको दोष सेना र विद्रोही संगठन दुवैले एकअर्कालाई दिएका छन् । विद्रोही संगठनका नेता अब्देल फतह अल बुरहानले सेनाले भने आक्रमण गर्दा ३१ जनाको मृत्यु भएको र कयौं घाइते भएको बताएका छन् ।
यसबारे सेनाको तर्फबाट भने औपचारिक प्रतिक्रिया सार्वजनिक भएको छैन । स्वास्थ्य मन्त्रालयले भने २२ जनाको मृत्यु भएको पुष्टि गरेको छ ।
चीनले पहिलोपटक कार्बन उत्सर्जन कटौतीको लागि राष्ट्रिय कार्ययोजना सार्वजनिक गर्याे
काठमाडौं । चीनले पहिलोपटक कार्बन उत्सर्जन कटौतीको लागि राष्ट्रिय कार्ययोजना सार्वजनिक गरेको छ । चीनको राज्य परिषदले कार्बन उत्सर्जनको...
ह्यारिस डेमोक्र्याटिक पार्टीबाट औपचारिक रूपमा राष्ट्रपतिको उम्मेदवार चयन
काठमाडौं । अमेरिकी उपराष्ट्रपति कमला ह्यारिस औपचारिक रुपमा डेमोक्रेटिक पार्टीबाट राष्ट्रपतिको उम्मेदवार बनेकी छन् । उनले पार्टीका प्रतिनिधिबाट...
टर्कीमा इन्स्टाग्राममाथि प्रतिबन्ध
काठमाडौं । टर्कीले सामाजिक सञ्जाल प्लाटफर्म इन्स्टाग्राममाथि प्रतिबन्ध लगाएको छ । टर्कीको दूरसञ्चार प्राधिकरणले इन्स्टाग्रामाथि रोक लगाएको रोयटर्सले जनाएको...
भारत र श्रीलंकाबीचको एक दिवसीय क्रिकेट आजदेखि
काठमाडौं । भारत र श्रीलंकाको एक दिवसीय सिरिज आज सुरुहुने भएको छ । सिरिजको पहिलो खेल आज दिउँसो २:४५...
भारी वर्षाले मध्य चीनमा ३० जनाको मृत्यु, ३५ बेपत्ता
काठमाडौं । भारी वर्षाले मध्य चीनमा ३० जनाको मृत्यु भएको छ । ३५ जना बेपत्ता भएका छन् । एक...
हमासका सैन्य प्रमुखकाे इजरायली आक्रमणमा ज्यान गएको पुष्टि
काठमाडौं । मासका सैन्य प्रमुख मोहम्मद जेइफको गएको जुलाई १३ तारिखमा इजरायली आक्रमणमा ज्यान गएको पुष्टि भएको छ ।...