प्रदेश मुख्य न्यायाधिवक्ताहरूको दुई दिवसीय राष्ट्रिय सम्मेलनबाट ९ बुँदे घोषणा पत्र जारी
स्टार संवाददाता
स्टार संवाददाता
जनकपुरधाम । सात वटै प्रदेशका मुख्य न्यायाधिवक्ताहरुको अनुभव आदान प्रदान तथा राष्ट्रिय सम्मेलन कार्यक्रमबाट ९ बुँदे घोषणा पत्र जारी गरिएको छ । मधेसको स्थायी राजधानी जनकपुरधाममा आयोजना गरिएको सात वटै प्रदेशको मुख्यन्यायधिवक्ताहरुको दुई दिवसीय राष्ट्रिय सम्मेलनबाट ९ बुँदे जनकपुर घोषणा पत्र जारी गरिएको हो ।
नेपालको संविधान, मुख्य न्यायाधिवक्ताको काम, कर्तव्य र अधिकार तथा सेवा सर्त सम्बन्धी ऐन र मुलुकी फौजदारी कसुर सजाय निर्धारण तथा कार्यान्वयन ऐनमा भएका कानुनी व्यवस्था बमोजिमका अधिकारहरू सङ्घीयताको मर्म र भावना अनुरूप सबै प्रदेशमा एक रुपता कायम गर्ने गरी कार्यान्वयन गर्न यो सम्मेलन प्रतिबद्धता व्यक्त गरेको छ ।
मुख्यन्यायधिवक्ताहरुको सो सम्मेलनबाट जारी गरिएको घोषणा पत्रमा प्रदेशले पाएको अधिकार पाउने अधिकारहरूको सीमा स्पष्ट गरी परिभाषित गर्न माग गरेको छ । नेपालको संविधान अनुसूची ७२९ मा रहेको साझा अधिकारहरूको सुचीसँग सम्बन्धित विषयहरू तत्काल परिभाषित गरी तीनै तहको अधिकारहरूको सीमा स्पष्ट गर्न माग गरेको हो ।
प्रदेश प्रोवेशन तथा प्यारोल बोर्ड लगायतका कानुनी प्रावधानहरूको कार्यान्वयनका लागि नियमावली लगायत आवश्यक कानुनहरू तत्काल निर्माण गर्न, अदालतबाट भएका फैसला कार्यान्वयनका लागि जिल्ला सरकारी वकिल कार्यालय र उच्च सरकारी वकिल कार्यालय लगायतका सम्बद्ध कार्यालयहरूसँग समन्वय गरी कानुनको शासनलाई थप सुदृढ बनाउन, प्रदेशमा कानुन निर्माण गरी शान्ति सुरक्षालाई थप सुदृढ गर्न र प्रदेशको भूमिकालाई प्रभावकारी बनाउने प्रदेश कानुनमा समावेश भएका र समावेश हुने सजाय सम्बन्धी अनुसन्धान र अभियोजन लगायतका कार्यहरू मुख्य न्यायाधिवक्ताको कार्यालयले गर्ने गरी संविधान संशोधन र आवश्यक कानुन निर्माण गर्न लगायतका मागमुख्यन्यायधिवक्ताहरुको सम्मेलनबाट माग गरिएको छ ।
मुख्य न्यायाधिवक्ताको कार्यालयमा रहने न्यायाधिवक्ता लगायतका कर्मचारीहरूको व्यवस्थापन महान्यायाधिवक्ताको कार्यालयले गर्ने संवैधानिक व्यवस्था भए पनि कर्मचारीहरूको व्यवस्थापन प्रदेश लोकसेवा आयोगले नै गर्ने गरी संविधान संशोधन गरी कानुन निर्माण गर्न घोषणा पत्र मार्फत गरिएको हो । मुख्यन्यायधिवक्ताहरुको सो सम्मेलनमा ७ वटै प्रदेशका मुख्य न्यायधिवक्ताहरुलाई बोलाइए पनि ६ प्रदेशका मुख्यन्यायधिवक्ताहरुको सहभागिता रहेको थियो । कोसी प्रदेशका मुख्यन्यायधिवक्ता भने सम्मेलनमा सहभागी भएका थिएनन् ।
कर्णालीका नवनियुक्त मन्त्रीहरूले लिए शपथ
काठमाडौं । कर्णाली प्रदेश सरकारमा चार जना मन्त्रीहरूले पद तथा गोपनीयताको सपथ लिएका छन् । आइतबार प्रदेश प्रमुख...
साढे ८ किलो गाँजासहित महिला पक्राउ
काठमाडौं । बारामा साढे ८ किलो गाँजासहित एक जना महिला पक्राउ परेकी छन् । बर्दिया मधुवन नगरपालिका-७ बस्ने २५...
मान्छेमाथि आक्रमण गर्ने बाघको ड्रोन र हात्तीको प्रयोग गरि खोजिँदै
काठमाडौं । ड्रोन र हात्तीको प्रयोग गरि मान्छेलाई आक्रमण गर्ने बाघको खोजी गर्ने तयारी गरिएको छ । आज...
सुदूरपश्चिमको मुख्यमन्त्रीमा कमलबहादुर शाहले गरे दाबी पेस
काठमाडौं । सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा नेपाली कांग्रेसका कमलबहादुर शाहले दाबी पेस गरेका छन् । आज बिहान बसेको कांग्रेस संसदीय...
वर्तमान गठबन्धन लामो समयसम्म टिक्छ : विमलेन्द्र निधी
काठमाडौं । नेपाली कांग्रेसका नेता विमलेन्द्र निधीले वर्तमान गठबन्धन लामो समयसम्म टिक्ने दाबी गरेका छन् । जनकपुरधामको श्रीराम...
बाग्मती किनारमा एक पुरूषको शव फेला
काठमाडौं । ललितपुरको कुपन्डोलस्थित बागमती नदी किनारमा एक जना पुरूषको शव फेला परेको छ। आइतबार बिहान ८ बजेतिर...