बहुभाषिक माध्यमको सिकाइसम्बन्धी नीति अवलम्बन गर्न युनिसेफ नेपालको सुझाव
काठमाडौं । युनिसेफ नेपालले गरेको अध्ययनले बहुभाषिक माध्यमको सिकाइसम्बन्धी नीति ल्याउनुपर्ने निष्कर्ष निकालेको छ । शिक्षा तथा मानव स्रोत विकास केन्द्र, भाषा आयोग, युनेस्को र ब्रिटिश काउन्सिलको सहकार्यमा पालमा बालबालिकाको सिकाइ उपलब्धिमा भाषा र भाषा नीतिको प्रभावप्रतिको बुझाइ’ शीर्षकमा गरेको अध्ययनले बालबालिकाको सिकाइमा गुणस्तर तथा प्रभावकारिता बढाउन यस्तो नीति ल्याउनुपर्ने निष्कर्ष निकालेको हो ।
युनिसेफ नेपालले गरेको अध्ययनमा हालसम्म बहुभाषिक माध्यमको सिकाइबारे कुनै एकरुप नीति नभएकाले कक्षाकोठा, कार्यस्थल र समाजमासमेत यसबारे स्पष्ट बुझाइ हुनुपर्ने सुझाव दिइएको हो । संविधानतः सबै मातृभाषा राष्ट्रभाषा भनिए पनि व्यवहारतः सबै भाषाको समान मान्यता नरहेको अवस्थामा अध्ययन प्रतिवेदनले सबै भाषाको सबलीकरणका लागि सरकारको प्रतिबद्धता समान रुपमा व्यक्त हुन सकेमा न्याय र समानता मिल्ने उल्लेख गरेको छ ।
अध्ययनले बहुभाषाका माध्यममा पढाइनुलाई समस्या वा चुनौती नठान्न भनिएको छ । बालबालिकालाई उनीहरुको बोलिचालिको भाषामा पढाएमा कक्षा कोठामा सहजता हुनाका साथै धेरै अन्तक्रिया भई सिकाइमा अभ्यस्त हुने र सिकाइको आधारस्तम्भ बलियो हुने अध्ययनको सार रहेको छ ।
कर्णालीका नवनियुक्त मन्त्रीहरूले लिए शपथ
काठमाडौं । कर्णाली प्रदेश सरकारमा चार जना मन्त्रीहरूले पद तथा गोपनीयताको सपथ लिएका छन् । आइतबार प्रदेश प्रमुख...
साढे ८ किलो गाँजासहित महिला पक्राउ
काठमाडौं । बारामा साढे ८ किलो गाँजासहित एक जना महिला पक्राउ परेकी छन् । बर्दिया मधुवन नगरपालिका-७ बस्ने २५...
मान्छेमाथि आक्रमण गर्ने बाघको ड्रोन र हात्तीको प्रयोग गरि खोजिँदै
काठमाडौं । ड्रोन र हात्तीको प्रयोग गरि मान्छेलाई आक्रमण गर्ने बाघको खोजी गर्ने तयारी गरिएको छ । आज...
सुदूरपश्चिमको मुख्यमन्त्रीमा कमलबहादुर शाहले गरे दाबी पेस
काठमाडौं । सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा नेपाली कांग्रेसका कमलबहादुर शाहले दाबी पेस गरेका छन् । आज बिहान बसेको कांग्रेस संसदीय...
वर्तमान गठबन्धन लामो समयसम्म टिक्छ : विमलेन्द्र निधी
काठमाडौं । नेपाली कांग्रेसका नेता विमलेन्द्र निधीले वर्तमान गठबन्धन लामो समयसम्म टिक्ने दाबी गरेका छन् । जनकपुरधामको श्रीराम...
बाग्मती किनारमा एक पुरूषको शव फेला
काठमाडौं । ललितपुरको कुपन्डोलस्थित बागमती नदी किनारमा एक जना पुरूषको शव फेला परेको छ। आइतबार बिहान ८ बजेतिर...