अन्नपूर्ण पदमार्ग पुनः सुनसान बन्दा पर्यटन व्यवसायी चिन्तित
लमजुङ । विश्व पर्यटन बजारका महत्पूर्णमध्ये एक मानिने अन्नपूर्ण पदमार्गमा यति बेला पर्यटक घट्दा पर्यटन व्यवसायी चिन्तित छन् । दुई पटकको कोरोनाले थलिएर बिस्तारै माथि उठ्दै गरेको यस क्षेत्रमा बर्खा सुरु भएयता ह्वात्तै पर्यटक घटेर पदमार्ग सुनसान बन्दा पर्यटन व्यवसायी निराश बन्न थालेका हुन् ।
कोरोना सङ्क्रमण र चिसो मौसमपश्चात् फस्टाउन थालेको पर्यटन क्षेत्र पुनः बर्खाले थला पारेसँगै हप्ता–दश दिनअघिबाट पदमार्गमा आउने पर्यटक शून्यजस्तै भएका जनाइएको छ । पर्यटक नआउँदा आम्दानीको स्रोत ठप्प भएको व्यवसायीको भनाई छ । कोरोनाको लहर घटेसँगै बिस्तारै लय लिँदै गरेको यस क्षेत्रमा केही हप्ता अघिसम्म दैनिक दुई सयभन्दा बढी पर्यटक आउने गरे पनि पछिल्लो समय पर्यटकको सङ्ख्या ह्वात्तै घटेको हो ।
केही समय अघिसम्म पर्यटकको चहलपहल हुँदा दैनिक रु ३०र४० हजारभन्दा बढी आम्दानी हुने गरे पनि यति बेला पर्यटक नआउँदा दुई चार पैसा देख्न पनि मुस्किल हुने व्यवसायीहरू बताउँछन् । मुख्य आम्दानीको स्रोत भनेकै पर्यटक भएको कारण पर्यटक आए आम्दानी, नआए समस्या हुने गरेको उनीहरूको गुनासो छ । बर्खा लागेसँगै पदमार्गमा आउने पर्यटकलाई समस्या हुने कारणले पर्यटक दुई तीन महिनासम्म नआउँदा व्यवसाय पनि नचल्ने भएकाले निराश हुन परेको बताउँछन् ।
विदेशी पर्यटक हिमाल र पहाडका दृश्य, उच्च पहाड, मनाङवासीको रीतिरिवाज, प्राकृतिक सुन्दरता हेर्न र मनाङबाट थोराङ भञ्ज्याङ उक्लेर मुस्ताङ हुँदै पोखरा जान अन्नपूर्ण पदमार्गमा आउँछन् । मनाङका विभिन्न हिमाल तथा चुली चढ्न तथा हेर्न पर्यटक भित्रिन्छन्। अन्नपूर्ण पदमार्गको प्रवेशद्वार लमजुङ बेँसी हर नगरपालिका–७ मनाङको चौतारा हो। यस पदमार्गमा लमजुङ, मनाङ, कास्की, मुस्ताङ र म्याग्दी गरी पाँच वटा जिल्ला जोडिएको छ ।
पर्यटन बोर्ड सीईओ छनोट कार्य तत्काल नगर्न अदालतको आदेश
काठमाडौं । उच्च अदालत पाटनले नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत (सीईओ) छनोट सम्बन्धी कुनै पनि काम नगर्न नगराउन...
फेब्रुअरीमा ९७ हजार भन्दा बढी पर्यटक नेपाल भित्रिए
काठमाडौं । सन् २०२४ को फेब्रुअरी महिनामा हवाई मार्ग हुँदै ९७ हजार ४२६ विदेशी पर्यटक नेपाल भित्रिएका छन् ।...
मैत्रीपूर्ण दौड प्रतियोगितामा सहभागी हुन १०४ चिनिया खेलाडी नेपाल आउँदै
काठमाडौं । पोखरामा हुने मैत्रीपूर्ण दौड प्रतियोगितामा सहभागी हुन १०४ चिनिया खेलाडी नेपाल आउने भएका छन् । नेपाल-चीन...
दुई जना बिदेशी पर्यटकको हेलिकप्टरबाट उद्धार
काठमाडौं । उत्तरी गोरखामा लेक लागेर बिरामी परेका दुई जना बिदेशी पर्यटकको उद्धार गरिएको छ । गोरखाको चुमनुब्री...
असोजमा मनास्लु क्षेत्रमा २ हजार २ सय ७६ विदेशी पर्यटक
काठमाडौं । पछिल्लो समय भ्रमण गर्ने पर्यटकको संख्यामा उल्लेख्य सुधार आएसँगै मनास्लु क्षेत्रमा २ हजार २ सय ७६ विदेशी...
चितवन निकुञ्जमा ३२ वटा जीपले पाए सफारीका लागि अनुमति
चितवन । चितवन घुम्न आउने पर्यटकको पहिलो रोजाइ निकुञ्जमा पर्ने जीप सफारी सौराहा क्षेत्रमा खुला गरिएको छ । चितवन...