किन बर्षेनी बढ्दै छ मानसिक समस्याका कारण आत्महत्या गर्नेको संख्या ?


काठमाडौं । पछिल्ला वर्षहरुमा मानसिक समस्या विकराल बन्दै गइरहेको छ । मानसिक समस्याका कारण दैनिकिजसो मानिसहरुले आत्महत्याको बाटो रोजीरहेका छन् । केहिदिन अघिमात्र मनोरन्जन क्षेत्रका दुई कलाकारले आत्महत्याको बाटो रोजे । भरखरै कलाकारिता क्षेत्रमा उदाउँदै गरेका उदयमान कलाकारले कलिलो उमेरमा रोजेको यो बाटोले सबैलाई प्रश्न खडा गरेको छ ।
त्यसै गरेर भारतमा नृत्यको माध्यम बाट नाम र दाम दुवै कमाएका डान्सर नेपालका सुसान खत्रीले पनि आँफु विगत १ वर्ष देखि मानसिक समस्या संग जुद्दै आएको र आँफुले जतीबेला जे निर्णय पनि लिन सक्ने भन्दै समाजिक संजालमा आएर आफ्नो पिडा पोखेको भिडियो यतिबेला सामाजिक संजालमा जताततै छाएको छ । यस्ता घट्ना त बाहिर देखिएको घट्ना हुन । तर बाहिर नआएका यस्ता घट्ना ठुलो संख्या रहेको छ । आर्थिक वर्ष २०७९/८०मा ६ हजार १ सय ४८ जनाले मानसिक समस्याका कारण आत्महत्याको बाटो रोजेको प्रहरीको तथ्याकंले देखाएको नेपाल प्रहरीका प्रवक्ता कुवेर कठायतले जनाकारी दिए ।
एउटा व्यक्ति समाजमा बसेको र हुर्केको हन्छ, उसँग त्यस समाजप्रतिको संस्कार, परम्परा, धर्म आपसी सम्बन्ध हुन्छ भने त्यसको साथसाथै उसको व्याक्तिगत भावना विचार, धारणा, बुझाइ आदि पनि हुन्छ । यी दुई बिचको सम्बन्ध नै मनोसामाजिक हो र यी दुई बिच सन्तुलन हुन सकेन भने मनोसामाजिक समस्या उत्पन्न हुन सक्ने मनोचिकित्सक गोपाल ढकाल बताउँछन् । आम रूपमा समस्याका रूपमा नलिइने यो समस्या पछिल्लो समय विकराल बन्दै गइरहेको भन्दै मानसिक स्वास्थ्यमा काम गर्नेहरूले चिन्ता र चासो दिन थालेका छन् ।
विभिन्न अभाव, समस्या, बेरोजगारीका कारण देखिने मानसिक समस्या कोरोना त्राससंगै बढ्दो गतिमा गएको देखिन्छ। तर सरकारले मानसिक स्वास्थ्यका बारेमा खासै चासो दिने गरेको देखिदैन । राज्य यो विषयमा अनभिज्ञ जस्तै देखिन्छ । मानसिक स्वास्थ्यलाई समस्याका रूपमा नलिने गरेका कारण पनि समस्या ओझेल परेको हो । विभिन्न सरकारी निकायहरू सम्वेदनशील नबनिदिएका कारण स्वास्थ्यका जटिल मुद्दाहरू जहिल्यै लुक्ने गरेका छन् ।
साढे ८ किलो गाँजासहित महिला पक्राउ
काठमाडौं । बारामा साढे ८ किलो गाँजासहित एक जना महिला पक्राउ परेकी छन् । बर्दिया मधुवन नगरपालिका-७ बस्ने २५...
मान्छेमाथि आक्रमण गर्ने बाघको ड्रोन र हात्तीको प्रयोग गरि खोजिँदै
काठमाडौं । ड्रोन र हात्तीको प्रयोग गरि मान्छेलाई आक्रमण गर्ने बाघको खोजी गर्ने तयारी गरिएको छ । आज...
बाग्मती किनारमा एक पुरूषको शव फेला
काठमाडौं । ललितपुरको कुपन्डोलस्थित बागमती नदी किनारमा एक जना पुरूषको शव फेला परेको छ। आइतबार बिहान ८ बजेतिर...
सदर चिडियाखाना आज बिहानै देखि खुला, प्रवेश शुल्कमा सहुलियत
काठमाडौै । रातो मच्छिन्द्रनाथको भोटो देखाउने जात्राको दिन आज सदर चिडियाखाना बिहानै देखि खुलेको छ । आज विहान...
बाघकाे आक्रमणबाट एक जना घाइते
काठमाडौं । भरतपुर महानगरपालिका-१ स्थित नारायणी नदी किनारमा ‘ मर्निङवाक’ गर्न निस्किएका एक व्यक्तिलाई बाघले आक्रमण गर्दा घाइते भएका...
टिपरकाे ठक्करबाट मोटरसाइकल चालकको मृत्यु
काठमाडौं । दाङमा टिपरले मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु भएको छ । घोराही-९ का ३९ वर्षीय कुलबहादुर बस्नेतको...