विश्वमा ७८ करोड मानिस भोकमरीको समस्यामा, अफ्रिकी देशहरु सबैभन्दा बढी प्रभावित

स्टार संवाददाता
स्टार संवाददाता

एजेन्सी । संयुक्त राष्ट्र संघले विश्वमा झण्डै ७८ करोड मानिस भोकमरीको समस्यामा रहेको जनाएको छ । खाद्य तथा कृषि संगठन एफए, अन्तर्राष्ट्रिय कृषि विकास कोष आईएफएडी, संयुक्त राष्ट्र बाल कोष, युनिसेफ, विश्व स्वास्थ्य संगठन डब्ल्युएचओ तथा विश्व खाद्य कार्यक्रम डब्ल्युएफपीले संयुक्त रुपमा जारी गरेको एक रिपोर्टअनुसार सन् २०२२ मा कुल ६९ करोड देखि ७८ करोड मानिसले भोकमरीसँग लड्नु परेको छ ।

 

सन् २०१९ यता मात्रै थप १२ करोड २० लाख मानिस भोकमरीको चपेटामा परेका छन् । सन् २०२२ मा कोभिड महामारी तथा प्राकृतिक विपत्तिका कारण थप ७ करोडभन्दा बढी मानिस भोकमरीको समस्यामा थिए । तर कोभिड महामारी अन्त्य भए पनि खाद्यान्न संकट थप बढेको अध्ययनले देखाएको छ । राष्ट्र संघले भोकमरीबाट अफ्रिकी देशहरु सबैभन्दा बढी प्रभावित भएको उल्लेख गरेको छ ।

 

जहाँ प्रत्येक ५ जनामध्ये एक जना भोकमरीको मारमा छन् । विश्वभर पोषिलो खानेकुराबाट बञ्चित हुनेको संख्या पनि थपिँदै गएको छ । रिपोर्ट अनुसार पाँच वर्षभन्दा कम उमेरका १४ करोड ८० लाख बालबालिका कुपोषणको शिकार बनेका छन् । जबकी साढे ३ करोडभन्दा बढी बालबालिकामा मोटोपनको समस्या छ ।

कर्णालीका नवनियुक्त मन्त्रीहरूले लिए शपथ

काठमाडौं । कर्णाली प्रदेश सरकारमा चार जना मन्त्रीहरूले पद तथा गोपनीयताको सपथ लिएका छन् ।   आइतबार प्रदेश प्रमुख...

साढे ८ किलो गाँजासहित महिला पक्राउ

काठमाडौं । बारामा साढे ८ किलो गाँजासहित एक जना महिला पक्राउ परेकी छन् । बर्दिया मधुवन नगरपालिका-७ बस्ने २५...

मान्छेमाथि आक्रमण गर्ने बाघको ड्रोन र हात्तीको प्रयोग गरि खोजिँदै

काठमाडौं । ड्रोन र हात्तीको प्रयोग गरि मान्छेलाई आक्रमण गर्ने बाघको खोजी गर्ने तयारी गरिएको छ ।   आज...

सुदूरपश्चिमको मुख्यमन्त्रीमा कमलबहादुर शाहले गरे दाबी पेस

काठमाडौं । सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा नेपाली कांग्रेसका कमलबहादुर शाहले दाबी पेस गरेका छन् । आज बिहान बसेको कांग्रेस संसदीय...

वर्तमान गठबन्धन लामो समयसम्म टिक्छ : विमलेन्द्र निधी

काठमाडौं । नेपाली कांग्रेसका नेता विमलेन्द्र निधीले वर्तमान गठबन्धन लामो समयसम्म टिक्ने दाबी गरेका छन् ।   जनकपुरधामको श्रीराम...

बाग्मती किनारमा एक पुरूषको शव फेला

काठमाडौं । ललितपुरको कुपन्डोलस्थित बागमती नदी किनारमा एक जना पुरूषको शव फेला परेको छ।   आइतबार बिहान ८ बजेतिर...

.