वान–एक्स बेट प्रकरणमा पक्राउ परेका कलाकार तथा युट्युवर धरौटीमा रिहा

स्टार संवाददाता
स्टार संवाददाता

काठमाडौं । क्रिप्टो कारोबार, सट्टेबाजी र गैरकानुनी विज्ञापन प्रसारण गरेको अभियोगमा पक्राउ परेका कलाकार तथा युट्युवरहरु जिल्ला अदालतको आदेशपछि रिहा भएका छन् । कलाकार बल्छी ध्रुवे भनिने मरिचमान श्रेष्ठ र टेलिसिरियल खेलिरहेका राजु मास्टर भनिने राजु पौडेल, म्याकुरी भनिने पवन खतिवडा, एलिश राई, ज्वलन घर्तिमगर, गणेश देवकोटा, सरोज घिमिरे र भटभटे माइला भनिने वेगम नेपाली रिहा भएका हुन् ।

 

अनलाइन बेटिङ प्लेटफर्ममार्फत सट्टेबाजी सम्बन्धी प्रचार गरेको आरोपमा प्रहरीले उनिहरुलाई पक्राउ गरेको थियो । प्रहरीले ८ जना कलाकार युट्युबर, वान एक्स बेट कारोबारी दिनेश खड्का र उनकी श्रीमती अनिता धिताल तथा कुशल पोखरेलसहित ११ जनालाई प्रतिवादी बनाएर मुद्धा दायर गरेको थियो । युट्युबर तथा कलाकारले वान एक्स बेटको प्रोमो कोड प्रयोग गरेर प्रवर्द्धन गरेको र आर्थिक लाभ लिएको आरोप उनीहरुलाई लागेको थियो ।

 

 

अदालतले कलाकार तथा युट्युवरलाई ५ हजार रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको थियो । रिहा भएपछि अदालत परिसरबाहिर उनीहरुलाई स्वागत गर्न अन्य कलाकार पनि अदालत पुगेका थिए । सट्टेबाजी गराउने एजेन्ट भनिएका दिनेश खड्का र अनिता धिताललाई चाहिँ १० लाख रुपैयाँ धरौटी अदालतले मागेको छ । यो प्रकरणमा संलग्न कुशल पोखरेल फरार छन् ।

 

कर्णालीका नवनियुक्त मन्त्रीहरूले लिए शपथ

काठमाडौं । कर्णाली प्रदेश सरकारमा चार जना मन्त्रीहरूले पद तथा गोपनीयताको सपथ लिएका छन् ।   आइतबार प्रदेश प्रमुख...

साढे ८ किलो गाँजासहित महिला पक्राउ

काठमाडौं । बारामा साढे ८ किलो गाँजासहित एक जना महिला पक्राउ परेकी छन् । बर्दिया मधुवन नगरपालिका-७ बस्ने २५...

मान्छेमाथि आक्रमण गर्ने बाघको ड्रोन र हात्तीको प्रयोग गरि खोजिँदै

काठमाडौं । ड्रोन र हात्तीको प्रयोग गरि मान्छेलाई आक्रमण गर्ने बाघको खोजी गर्ने तयारी गरिएको छ ।   आज...

सुदूरपश्चिमको मुख्यमन्त्रीमा कमलबहादुर शाहले गरे दाबी पेस

काठमाडौं । सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा नेपाली कांग्रेसका कमलबहादुर शाहले दाबी पेस गरेका छन् । आज बिहान बसेको कांग्रेस संसदीय...

वर्तमान गठबन्धन लामो समयसम्म टिक्छ : विमलेन्द्र निधी

काठमाडौं । नेपाली कांग्रेसका नेता विमलेन्द्र निधीले वर्तमान गठबन्धन लामो समयसम्म टिक्ने दाबी गरेका छन् ।   जनकपुरधामको श्रीराम...

बाग्मती किनारमा एक पुरूषको शव फेला

काठमाडौं । ललितपुरको कुपन्डोलस्थित बागमती नदी किनारमा एक जना पुरूषको शव फेला परेको छ।   आइतबार बिहान ८ बजेतिर...

.