साम्राज्ञीविरुद्धको मुद्दामा भुवन केसीको हार

स्टार संवाददाता
स्टार संवाददाता

काठमाडौं । अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाहविरुद्धको मुद्दामा अभिनेता तथा विकास बोर्डका अध्यक्ष भुवन केसीले हारेका छन् । अभिनेता केसीले २०७७ साउन ९ गते बेइज्जती सम्बन्धी दायर गरेको मुद्दामा साम्राज्ञी राज्यलक्ष्मी शाहले जितेकी हुन् ।  न्यायाधीश वासुदेव पौडेलको एकल इजलासले जाहेरीकर्ता केसीको दाबी नपुग्ने फैसला गरेसँगै   शाहले सफाइ पाएकी छन् ।

 

अभिनेत्री शाहविरुद्ध अभिनेता भुवन केसीले २०७७ साउन ९ गते जिल्ला अदालत काठमाडौंमा साम्राज्ञी आरएल शाहविरुद्ध १० करोड क्षतिपूर्तिको माग गर्दै गाली बेइज्जती मुद्दा दायर गरेका थिए । त्यतिबेला चलेको विवादमा साम्राज्ञीले आफूमाथि भुवनले शोषण र दुर्व्यवहार गरेको आरोप लगाएकी थिइन् । भुवनले पनि साम्राज्ञीलाई ‘जुन थालमा खायो, त्यही थालमा दुलो पारेको’ भन्दै आक्रोशित प्रतिक्रिया दिएका थिए । बलिउडका दिवंगत अभिनेता सुशान्तसिंह राजपुतको निधनको पृष्ठभूमिमा चलेको नेपोटिज्मको बहसमा साम्राज्ञी र भुवनको यस्तो विवाद चर्किएको थियो ।

 

अभिनेत्री शाहले मुद्दा जितेपछि आफूले लामो युद्ध जितेको भन्दै वकिल, सपोर्टर तथा शुभचिन्तकलाई धन्यवाद भनेकी छन् । उनले सामाजिक सञ्जालहरु मार्फत सम्पुर्णलाई धन्यवाद सहित जानकारी पनि गराएकी छन् ।

कर्णालीका नवनियुक्त मन्त्रीहरूले लिए शपथ

काठमाडौं । कर्णाली प्रदेश सरकारमा चार जना मन्त्रीहरूले पद तथा गोपनीयताको सपथ लिएका छन् ।   आइतबार प्रदेश प्रमुख...

साढे ८ किलो गाँजासहित महिला पक्राउ

काठमाडौं । बारामा साढे ८ किलो गाँजासहित एक जना महिला पक्राउ परेकी छन् । बर्दिया मधुवन नगरपालिका-७ बस्ने २५...

मान्छेमाथि आक्रमण गर्ने बाघको ड्रोन र हात्तीको प्रयोग गरि खोजिँदै

काठमाडौं । ड्रोन र हात्तीको प्रयोग गरि मान्छेलाई आक्रमण गर्ने बाघको खोजी गर्ने तयारी गरिएको छ ।   आज...

सुदूरपश्चिमको मुख्यमन्त्रीमा कमलबहादुर शाहले गरे दाबी पेस

काठमाडौं । सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा नेपाली कांग्रेसका कमलबहादुर शाहले दाबी पेस गरेका छन् । आज बिहान बसेको कांग्रेस संसदीय...

वर्तमान गठबन्धन लामो समयसम्म टिक्छ : विमलेन्द्र निधी

काठमाडौं । नेपाली कांग्रेसका नेता विमलेन्द्र निधीले वर्तमान गठबन्धन लामो समयसम्म टिक्ने दाबी गरेका छन् ।   जनकपुरधामको श्रीराम...

बाग्मती किनारमा एक पुरूषको शव फेला

काठमाडौं । ललितपुरको कुपन्डोलस्थित बागमती नदी किनारमा एक जना पुरूषको शव फेला परेको छ।   आइतबार बिहान ८ बजेतिर...

.