श्रीबाबु कार्कीको ‘सन्दिग्ध शताब्दी’लाई अन्तर्राष्ट्रिय सर्वोत्कृष्ट निबन्ध पुरस्कार 

स्टार संवाददाता
स्टार संवाददाता

काठमाडौं । अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजको  सर्वोत्कृष्ट निबन्ध पुरस्कार निबन्धकार श्रीबाबु कार्कीको निबन्धसंग्रह  ‘सन्दिग्ध शताब्दी’लाई  प्राप्त भएको छ ।  एक हजार युएस डलर राशि रहेको उक्त पुरस्कार शनिबार एक भव्य समारोहकाबीच कार्कीको ‘सन्दिग्ध शताब्दी’ निबन्धसंग्रहलाई  अमेरिकाबाट प्रदान गरिने घोषणा भएको हो ।

 

पुरस्कारको वितरण आगामी लक्ष्मी जयन्तीका अवसरमा विशेष कार्यक्रमको आयोजना गरी प्रदान गरिने पुरस्कार घोषणाको क्रममा जनाइएको थियो ।  पुरस्कृत कार्कीको  निबन्धसंग्रह साझा प्रकाशनले प्रकाशन गरेको हो ।

 

नेपाली लेखक संघ केन्द्रीय समितिका उपमहासचिवसमेत रहेका कार्की लामो समयदेखि साहित्य क्षेत्रमा  बालकथा, लघुकथा, कविता जस्ता विविध विधामा  कलम चलाउँछन् । दोलखाको तामाकोसी गाउँपालिका स्थायी घर भई हाल राजधानी बस्दै आएका कार्कीले यसअघि थुप्रै कृति प्रकाशनमा ल्याइसकेका छन् । कार्कीको पहिलो रचना च्यापिएको मुस्कान कवितासंग्रह ०५६ हो ।

कर्णालीका नवनियुक्त मन्त्रीहरूले लिए शपथ

काठमाडौं । कर्णाली प्रदेश सरकारमा चार जना मन्त्रीहरूले पद तथा गोपनीयताको सपथ लिएका छन् ।   आइतबार प्रदेश प्रमुख...

साढे ८ किलो गाँजासहित महिला पक्राउ

काठमाडौं । बारामा साढे ८ किलो गाँजासहित एक जना महिला पक्राउ परेकी छन् । बर्दिया मधुवन नगरपालिका-७ बस्ने २५...

मान्छेमाथि आक्रमण गर्ने बाघको ड्रोन र हात्तीको प्रयोग गरि खोजिँदै

काठमाडौं । ड्रोन र हात्तीको प्रयोग गरि मान्छेलाई आक्रमण गर्ने बाघको खोजी गर्ने तयारी गरिएको छ ।   आज...

सुदूरपश्चिमको मुख्यमन्त्रीमा कमलबहादुर शाहले गरे दाबी पेस

काठमाडौं । सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा नेपाली कांग्रेसका कमलबहादुर शाहले दाबी पेस गरेका छन् । आज बिहान बसेको कांग्रेस संसदीय...

वर्तमान गठबन्धन लामो समयसम्म टिक्छ : विमलेन्द्र निधी

काठमाडौं । नेपाली कांग्रेसका नेता विमलेन्द्र निधीले वर्तमान गठबन्धन लामो समयसम्म टिक्ने दाबी गरेका छन् ।   जनकपुरधामको श्रीराम...

बाग्मती किनारमा एक पुरूषको शव फेला

काठमाडौं । ललितपुरको कुपन्डोलस्थित बागमती नदी किनारमा एक जना पुरूषको शव फेला परेको छ।   आइतबार बिहान ८ बजेतिर...

.