फिल्म ‘हामी तीन भाई’ को मनकामना मन्दिरमा शुभमुहूर्त सम्पन्न
काठमाडौं । फिल्म ‘हामी तीन भाई’को शुक्रबार गोर्खाको मनकामना मन्दिरमा शुभमुहूर्त सम्पन्न भएको छ । स्क्रिप्ट तथा क्ल्याप पूजा गर्दै फिल्मको मुहूर्त गरिएको छ । फिल्मको छायांकन आगामी साउन १० गतेबाट सुरु हुर्दैछ । स्वर्गीय निर्देशक शिव रेग्मीद्वारा निर्देशित सुपरहिट फिल्म ‘हामी तीन भाई’ शीर्षकमा करिब दुई दशकपछि फेरि एकपटक फिल्म निर्माण हुने भएको छ ।
फिल्म मधुसुदन भट्टराईको निर्देशनमा बन्न लागेको हो । फिल्ममा विनोद न्यौपाने, कुशल बिष्ट, जाहान्वी बस्नेत, राजाराम पौडेल, रवीन्द्र झा, बिष्णु सापकोटा हर्के हवल्दार, दीपक बिडारी, फलित राई, तारा शर्मा, भुवन कुमार काफ्ले, नयन कला फुयाँल, पवन केसीको अभिनय रहनेछ । फिल्मका लागि दुई अभिनेत्री अझै छनोट हुन बाँकी छ । निर्देशक भट्टराईको कथा रहेको फिल्मको पटकथा तथा संवाद शिवम् अधिकारीले लेखेका हुन् ।
साजित महत प्रस्तुतकर्ता, विक्रम तामाङ कार्यकारी निर्माता, त्रिरत्न श्रेष्ठ निर्माता र प्रतिमा थापा पोखरेल र भक्तलाल श्रेष्ठ फिल्मको सह–निर्मातामा छन् । प्रसिद्ध सिने आर्टस्को ब्यानरमा बन्न लागेको फिल्ममा शिव ढकालको छायांकन, बनिष शाहको सम्पादन, कविराज गहतराजको कोरियोग्राफी, देव महर्जनको द्वन्द्व, एसबी सापकोटाको संगीत तथा एलिस कार्कीको पार्श्व संगीत रहनेछ ।
मिस नेपाल वर्ल्ड-२०२४ को ताज आश्माकुमारी केसीलाई
काठमाडौं । ’मिस नेपाल वर्ल्ड २०२४’ को उपाधि आश्माकुमारी केसीले जितेकी छिन् । शनिबार ललितपुरको गोदावरीमा भएको अन्तिम...
मौलिक तीज गीत ‘मै छोरीलाई गाह्रो भो’ चर्चामा, नारीको बेदना प्रस्तुत (भिडियो)
काठमाडौं । हिन्दुु नारीहरुको महान चार्ड हरितालिका तीज नजिकिदै गर्दा तीजका गीतहरु आउने क्रम अत्याधिक बढ्दो छ ।पछिल्लो समयमा...
शान्ति श्री परियारको तीज गीत ‘बैँस जोबन उम्रो’ (भिडियो)
काठमाडौं । गायिका शान्ति श्री परियारको स्वरमा नयाँ तीज गीत ‘बैँस जोबन उम्रो’ सार्वजनिक भएको छ । डी...
सम्झनामा : नेपाली लोक संगितका एक धरोहर एल पि जोशी
काठमाण्डौ । एल पि जोशी अर्थात् लक्ष्मी प्रसाद जोशी । नेपाली लोक संगितका एक धरोहर । उनी नेपाली लोकगीत...
रेडियोमा गीत गाउन मरिमेट्ने थानेश्वर, जो अहिले संगीतमा ब्राण्ड बने
काठमाडौं । बाग्लुङको गल्कोट नगरपालिका– ५ ज्यामिरेमा जन्मेको त्यो केटो । काँधमा रेडियो झुण्ड्याएर घाँस काट्न जान्छ । बाँसकै...
‘माछि’ मा प्रियंका भन्छिन- ‘‘लोकदोहोरीमा खेल्दीन कहिल्यै भनिन’’
काठमाडौं । रंगिन दुनिया । त्यसमा पनि चलचित्र क्षेत्र । अझ त्यसमा पनि नायिका प्रियंका कार्की । गसिप र...