फिल्म ‘हात्तीछाप’को डिजिटल राइट्स महँगो रकममा बिक्री


काठमाडौं । छायांकन भइरहेको फिल्म ‘हात्तीछाप’को डिजिटल राइट्स ओएसआर डिजिटलले खरिद गरेको छ । निर्माता किरण नेपालीका अनुसार, फिल्मको नेपाली र हिन्दी भाषाको डिजिटल राइट्स ओएसआर डिजिटलले महँगो रकममा खरिद गरेको छ । सोमबार निर्माता नेपाली र ओएसआरका प्रमुख ओम अग्रवालबीच कागजी संझौता भएको छ ।
यो फिल्मको छायांकन सुरु भएको एक साता बढी भयो । सिमोस सुनुवारको निर्देशनमा तयार भइरहेको फिल्ममा दयाहाङ राई, सौगात मल्ल, उपासना सिंह ठकुरी, बेनिशा हमाल, वुद्दि तामाङ, विजय बराल, विल्सन विक्रम राई, राजन खतिवडा, रवीन्द्र झा, कमलमणी नेपाल, पुष्कर गुरुङ, प्रकाश घिमिरे, विनोद न्यौपाने, कविता आले, सुष्मा निरौला लगायतका कलाकारको अभिनय छ ।
यो फिल्ममा सुसन प्रजापतिको छायांकन, प्रदीप भारद्वाजको कथा लेखन रहेको छ । फिल्मको प्रदर्शन मिति तय भइसकेको छैन । तर, फिल्मको विदेशका विभिन्न देशको प्रदर्शन अधिकार समेत निर्माता नेपालीले विक्री गरिसकेका छन् ।
कर्णालीका नवनियुक्त मन्त्रीहरूले लिए शपथ
काठमाडौं । कर्णाली प्रदेश सरकारमा चार जना मन्त्रीहरूले पद तथा गोपनीयताको सपथ लिएका छन् । आइतबार प्रदेश प्रमुख...
साढे ८ किलो गाँजासहित महिला पक्राउ
काठमाडौं । बारामा साढे ८ किलो गाँजासहित एक जना महिला पक्राउ परेकी छन् । बर्दिया मधुवन नगरपालिका-७ बस्ने २५...
मान्छेमाथि आक्रमण गर्ने बाघको ड्रोन र हात्तीको प्रयोग गरि खोजिँदै
काठमाडौं । ड्रोन र हात्तीको प्रयोग गरि मान्छेलाई आक्रमण गर्ने बाघको खोजी गर्ने तयारी गरिएको छ । आज...
सुदूरपश्चिमको मुख्यमन्त्रीमा कमलबहादुर शाहले गरे दाबी पेस
काठमाडौं । सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा नेपाली कांग्रेसका कमलबहादुर शाहले दाबी पेस गरेका छन् । आज बिहान बसेको कांग्रेस संसदीय...
वर्तमान गठबन्धन लामो समयसम्म टिक्छ : विमलेन्द्र निधी
काठमाडौं । नेपाली कांग्रेसका नेता विमलेन्द्र निधीले वर्तमान गठबन्धन लामो समयसम्म टिक्ने दाबी गरेका छन् । जनकपुरधामको श्रीराम...
बाग्मती किनारमा एक पुरूषको शव फेला
काठमाडौं । ललितपुरको कुपन्डोलस्थित बागमती नदी किनारमा एक जना पुरूषको शव फेला परेको छ। आइतबार बिहान ८ बजेतिर...