देश विकासका लागि सबै राजनीतिक दल मिल्नुपर्छ : पूर्वसभामुख रानाभाट

स्टार संवाददाता
स्टार संवाददाता

काठमाडौं । पूर्वसभामुख तारानाथ रानाभाटले नेपालका राजनीतिक दलहरुमा देश विकासका लागि सबै मिल्नुपर्छ भन्ने चेत नआएको बताएका छन् । मंगलवार काठमाडौंमा आयोजित चियापान समारोहमा बोल्दै पूर्वसभामुख रानाभाटले नेपाली कांग्रेस अहिलेसम्मका मुलकका परिवर्तनहरुको संवाहक भएकाले कांग्रेसले नै जनताको जीवन परिवर्तनको मुद्दा लिएर अघि बढ्नुपर्ने बताएका हुन् ।

 

उनले भने, ‘हामी जहिलेदेखि नै हामी जुनसुकै परिवर्तनको संवाहक नेपाली काँग्रेस हो । मुलुकको आर्थिक, सामाजिक परिवर्तन गराउने अगुवा नेपाली काँग्रेस हो । राष्ट्रिय एकता कायम गर्ने त्यसको प्रणेता पनि नेपाली काँग्रेस हो, त्यो भुमिकाबाट पछि हट्दैनौँ । राष्ट्रिय एकताका लागि सबै मिल्नुपर्छ । विचारधारा, झण्डा, नाराको झगडा चुनावमा हो, चुनावपछि सबै मिलेर देश विकास गर्नुपर्छ भन्ने चेत राजनीतिक पार्टीमा आएन ।’

 

पूर्वसभामुख रानाभाटले पार्टीका विचारधारा, झण्डा र नारा चुनावमा सिमित गरी देश विकासका लागि पार्टीहरु एकजुट हुन जरुरी रहेको बताए । उनले राष्ट्रिय एकता कायम गर्ने भुमिकाबाट काँग्रेस पछि हट्न नहुने उनको भनाई थियो ।

कर्णालीका नवनियुक्त मन्त्रीहरूले लिए शपथ

काठमाडौं । कर्णाली प्रदेश सरकारमा चार जना मन्त्रीहरूले पद तथा गोपनीयताको सपथ लिएका छन् ।   आइतबार प्रदेश प्रमुख...

साढे ८ किलो गाँजासहित महिला पक्राउ

काठमाडौं । बारामा साढे ८ किलो गाँजासहित एक जना महिला पक्राउ परेकी छन् । बर्दिया मधुवन नगरपालिका-७ बस्ने २५...

मान्छेमाथि आक्रमण गर्ने बाघको ड्रोन र हात्तीको प्रयोग गरि खोजिँदै

काठमाडौं । ड्रोन र हात्तीको प्रयोग गरि मान्छेलाई आक्रमण गर्ने बाघको खोजी गर्ने तयारी गरिएको छ ।   आज...

सुदूरपश्चिमको मुख्यमन्त्रीमा कमलबहादुर शाहले गरे दाबी पेस

काठमाडौं । सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा नेपाली कांग्रेसका कमलबहादुर शाहले दाबी पेस गरेका छन् । आज बिहान बसेको कांग्रेस संसदीय...

वर्तमान गठबन्धन लामो समयसम्म टिक्छ : विमलेन्द्र निधी

काठमाडौं । नेपाली कांग्रेसका नेता विमलेन्द्र निधीले वर्तमान गठबन्धन लामो समयसम्म टिक्ने दाबी गरेका छन् ।   जनकपुरधामको श्रीराम...

बाग्मती किनारमा एक पुरूषको शव फेला

काठमाडौं । ललितपुरको कुपन्डोलस्थित बागमती नदी किनारमा एक जना पुरूषको शव फेला परेको छ।   आइतबार बिहान ८ बजेतिर...

.