लम्पी स्किनले चाँगुनारायणका ८० प्रतिशत गाई संक्रमित

स्टार संवाददाता
स्टार संवाददाता

काठमाडौं । लम्पी स्किन महामारीका कारण भक्तपुरको चाँगुनारायण नगरपालिकामा ८० प्रतिशत गाई संक्रमित बनेका छन् । गाईभैँसीमा फैलिएको उक्त रोगका कारण भक्तपुरको चार वटा नगरापालिका मध्येसबै भन्दा धेरै प्रभावित चाँगुनारायण नगरपालिका देखएिको हो ।

 

त्यहा गाई, गोरु, बाछाबाछी र केही भैँसीसमेत मरेका छन् । नगरपालिकाका पशुविकास अधिकृत खड्ककुमार मैनालीका अनुसार गाई भैंसीको मुत्युदर लिखित डाटामा कम भएपनि गाउँ घरमा जाँदा ठूलो संख्यामा रहेको देखिएको छ । यो संक्रमणको असर आगामी वर्षमा गाई भैँसीहरुमा गर्भाधारण नभई उल्टी रहने बाँझोपनको समस्या आउन सक्ने भन्दै सचेत हुन मैनालीके आग्रह छ । यस्तै, नगरपालिकाभित्र ठूलो संख्यामा गाईको क्षति भएको बताउँदै उनले किसानहरुलाई राहत उपलब्ध गराउने विषयामा प्रदेश सरकार, विज्ञ केन्द्र र पशु सेवा विभागलाई अनुरोध गर्दै पत्र लेखेका जानकारी दिए ।

 

चाँगुनारायण नगरपालिकाका ९ वटै वडामा लम्पी स्किन रोग प्रकोपका रूपमा फैलँदा पशुचौपायाको अवस्था भयावह बन्दै गएपछि नगरपालिकाले महामारीको नियन्त्रणका लागि घुम्ती सेवा सुचारु गरेको छ । घुम्ती सेवामार्फत किसानलाई परामर्श दिनुका साथै तथ्याङ्क संकलन र निःशुल्क औषधि वितरणको काम भइरहेको छ । सोक्रममा चाँगुनारायण नगरपालिका पशुपंक्षी विकास शाखाका डा। सौरभ गैलालले पशुपालन क्षेत्रमा रोग भित्रिन नदिन व्यवस्थापन, प्रजनन, आहरा तथा स्वास्थ्यका क्षेत्रहरूमा असल पशुपालन अभ्यासको विकास गर्दै लैजानुपर्नेमा जोड दिए ।

 

नगरपालिकाका पीडित किसानहरुले भने नगरपलिका भित्र वितरण हुने औषधि भनसुनका आधारमा पहुँचवाला व्यक्तिका घर परिवारलाई मात्र वितरण हुने गरेको तथा पशु चिकित्सकहरु पनि दरवन्दी अनुसार उपलब्ध नभएको लगाएका गुनासो गरेका थिए । पछिल्लो तथ्यांक अनुसार लम्पीबाट ७७ जिल्ला नै प्रभावित भएको छ भने आठ लाखभन्दा बढी पशु संक्रमित भइसकेका तथा २७ हजारभन्दा बढी पशुको मृत्यु भइसकेको छ । नेपाल पशु चिकित्सा परिषद्को अध्ययन अनुसार ३८ अर्बभन्दा बढी रुपैयाँको आर्थिक क्षति भइसकेको छ ।

 

उक्त रोग लागेपछि गाईभैँसीले कचेरा निकाल्ने, सिङ्गान बग्ने, तथा फिँज धेरै निकाल्ने, शरीरका विभिन्न भागमा विशेषगरी घाँटी, पछाडिका खुट्टामा, पेट तथा थुन वरिपरि साना–ठूला गिर्खा तथा फोका देखिन्छ । हाल भने उक्त महामारी केही हदसम्म कम हुँदै गएको विज्ञहरुको भनाई छ ।

कर्णालीका नवनियुक्त मन्त्रीहरूले लिए शपथ

काठमाडौं । कर्णाली प्रदेश सरकारमा चार जना मन्त्रीहरूले पद तथा गोपनीयताको सपथ लिएका छन् ।   आइतबार प्रदेश प्रमुख...

साढे ८ किलो गाँजासहित महिला पक्राउ

काठमाडौं । बारामा साढे ८ किलो गाँजासहित एक जना महिला पक्राउ परेकी छन् । बर्दिया मधुवन नगरपालिका-७ बस्ने २५...

मान्छेमाथि आक्रमण गर्ने बाघको ड्रोन र हात्तीको प्रयोग गरि खोजिँदै

काठमाडौं । ड्रोन र हात्तीको प्रयोग गरि मान्छेलाई आक्रमण गर्ने बाघको खोजी गर्ने तयारी गरिएको छ ।   आज...

सुदूरपश्चिमको मुख्यमन्त्रीमा कमलबहादुर शाहले गरे दाबी पेस

काठमाडौं । सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा नेपाली कांग्रेसका कमलबहादुर शाहले दाबी पेस गरेका छन् । आज बिहान बसेको कांग्रेस संसदीय...

वर्तमान गठबन्धन लामो समयसम्म टिक्छ : विमलेन्द्र निधी

काठमाडौं । नेपाली कांग्रेसका नेता विमलेन्द्र निधीले वर्तमान गठबन्धन लामो समयसम्म टिक्ने दाबी गरेका छन् ।   जनकपुरधामको श्रीराम...

बाग्मती किनारमा एक पुरूषको शव फेला

काठमाडौं । ललितपुरको कुपन्डोलस्थित बागमती नदी किनारमा एक जना पुरूषको शव फेला परेको छ।   आइतबार बिहान ८ बजेतिर...

.