महिला विश्वकप फुटबलमा जापान विजयी

स्टार संवाददाता
स्टार संवाददाता

काठमाडौं । अष्ट्रेलिया र न्यूजिल्याण्डमा जारी फिफा महिला विश्वकप २०२३ मा एशियाली राष्ट्र जापान प्रि–क्वार्टरफाइनलनजिक पुगेको छ । समूह ‘सी’ मा रहेको जापानले लगातार दोस्रो जित हात पार्दै अन्तिम १६ को सम्भावना बलियो बनाएको हो । न्यूजिल्यान्डको डुनेडिन स्टेडियममा बुधबार भएको खेलमा कोस्टारिकालाई २–० ले पराजित गर्दै जापानले दोस्रो जित हात पारेको हो ।

 

 

बुधबारको खेलमा जापानलाई जित दिलाउन हिकारु नाओमोटो र आओबा फुजिनोले एक–एक गोल गरे । हिकारुले २५ औँ मिनेटमा गोल गर्दै जापानलाई अग्रता दिलाउँदा आओबाले २७ औँ मिनेटमा टिमका लागि दोस्रो गोल गर्दै जित सुनिश्चित गरिन् ।

 

यसअघि जापानले पहिलो खेलमा जाम्बियालाई ५–० ले पराजित गरेको थियो । यससँगै जापानले २ खेलबाट ६ अंक जोडेको छ । यसै समूहमा रहेको स्पेनको ३ अंक छ ।

कर्णालीका नवनियुक्त मन्त्रीहरूले लिए शपथ

काठमाडौं । कर्णाली प्रदेश सरकारमा चार जना मन्त्रीहरूले पद तथा गोपनीयताको सपथ लिएका छन् ।   आइतबार प्रदेश प्रमुख...

साढे ८ किलो गाँजासहित महिला पक्राउ

काठमाडौं । बारामा साढे ८ किलो गाँजासहित एक जना महिला पक्राउ परेकी छन् । बर्दिया मधुवन नगरपालिका-७ बस्ने २५...

मान्छेमाथि आक्रमण गर्ने बाघको ड्रोन र हात्तीको प्रयोग गरि खोजिँदै

काठमाडौं । ड्रोन र हात्तीको प्रयोग गरि मान्छेलाई आक्रमण गर्ने बाघको खोजी गर्ने तयारी गरिएको छ ।   आज...

सुदूरपश्चिमको मुख्यमन्त्रीमा कमलबहादुर शाहले गरे दाबी पेस

काठमाडौं । सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा नेपाली कांग्रेसका कमलबहादुर शाहले दाबी पेस गरेका छन् । आज बिहान बसेको कांग्रेस संसदीय...

भारत र श्रीलङ्काबीचको दोस्रो एकदिवसीय क्रिकेट आज हुँदै

काठमाडौं । भारत र श्रीलङ्काबीचको दोस्रो एकदिवसीय क्रिकेट आज हुँदैछ ।   तीन खेलको शृङ्खला अन्तर्गत दोस्रो एकदिवसीय खेल...

वर्तमान गठबन्धन लामो समयसम्म टिक्छ : विमलेन्द्र निधी

काठमाडौं । नेपाली कांग्रेसका नेता विमलेन्द्र निधीले वर्तमान गठबन्धन लामो समयसम्म टिक्ने दाबी गरेका छन् ।   जनकपुरधामको श्रीराम...

.