फिल्म ‘महानगर’को प्रदर्शन मिति सहित पोस्टर सार्वजनिक


काठमाडौं । फिल्म ‘महानगर’ भदौ ८ गतेबाट प्रदर्शनमा आउने भएको छ । बुधबार फिल्मका मुख्य अभिनेता कर्म र अभिनेत्री मेनुका प्रधानलाई प्रस्तुत गरेर एक पोस्टर सार्वजनिक गरिएको छ । सार्वजनिक पोस्टरमा प्रदर्शन मिति समेत घोषणा गरिएको हो । यो फिल्म करिब ५ वर्ष अगाडि निर्माण भएको हो ।
यस फिल्म सन् २०२१ मा ‘कलकत्ता फिल्म फेस्टिभल’मा वल्र्ड प्रिमियर भएको थियो । त्यसपछि अमेरिकाको ब्रुकलिन फिल्म फेस्टिभल र स्पेनमा एसियन फिल्म फेस्टिभलमा पनि प्रदर्शन भएको थियो । फिल्लाई मोहन राईले निर्देशन गरेका छन् । विभिन्न सपना बोकेर महानगर भित्रिने युवाको सपना र यथार्थलाई फिल्ममार्फत देखाउने प्रयास गरिएको छ ।
फिल्मलाई माउन्टेन रिभर फिल्मस् र गो विन् प्रोडक्सन्ससँगको सहकार्यमा मिडलवे फिल्म्सले निर्माण गरेको छ । फिल्ममा अनोज पाण्डे, शोविता अधिकारी, जीवन बराल, परीक्षितविक्रम राणा, चन्द्र पाण्डेलगायतको पनि अभिनय छ । नरेन्द्र मैनालीको छायाङ्कन, परिक्षित झाको सम्पादन तथा पुष्पा संगमको संगीत छ । फिल्मको कार्यकारी निर्माता गोविन्द पराजुली र क्रियटिभ निर्माता नवनिधि दाहाल हुन् ।
कर्णालीका नवनियुक्त मन्त्रीहरूले लिए शपथ
काठमाडौं । कर्णाली प्रदेश सरकारमा चार जना मन्त्रीहरूले पद तथा गोपनीयताको सपथ लिएका छन् । आइतबार प्रदेश प्रमुख...
साढे ८ किलो गाँजासहित महिला पक्राउ
काठमाडौं । बारामा साढे ८ किलो गाँजासहित एक जना महिला पक्राउ परेकी छन् । बर्दिया मधुवन नगरपालिका-७ बस्ने २५...
मान्छेमाथि आक्रमण गर्ने बाघको ड्रोन र हात्तीको प्रयोग गरि खोजिँदै
काठमाडौं । ड्रोन र हात्तीको प्रयोग गरि मान्छेलाई आक्रमण गर्ने बाघको खोजी गर्ने तयारी गरिएको छ । आज...
सुदूरपश्चिमको मुख्यमन्त्रीमा कमलबहादुर शाहले गरे दाबी पेस
काठमाडौं । सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा नेपाली कांग्रेसका कमलबहादुर शाहले दाबी पेस गरेका छन् । आज बिहान बसेको कांग्रेस संसदीय...
वर्तमान गठबन्धन लामो समयसम्म टिक्छ : विमलेन्द्र निधी
काठमाडौं । नेपाली कांग्रेसका नेता विमलेन्द्र निधीले वर्तमान गठबन्धन लामो समयसम्म टिक्ने दाबी गरेका छन् । जनकपुरधामको श्रीराम...
बाग्मती किनारमा एक पुरूषको शव फेला
काठमाडौं । ललितपुरको कुपन्डोलस्थित बागमती नदी किनारमा एक जना पुरूषको शव फेला परेको छ। आइतबार बिहान ८ बजेतिर...