सुन प्रकरणमा रविको प्रश्न : सुरक्षा निकायका प्रमुखलाई सरुवा गरेर कारबाही गरिएको हो कि पुरस्कार ?

स्टार संवाददाता
स्टार संवाददाता

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सुन प्रकरणमा सुरक्षा निकायका प्रमुखलाई बर्खास्त नगरी सरुवा मात्र गरेकोमा पुरस्कार हो कि कारबाही भनेर सरकारलाई प्रश्न गरेका छन् । बुधबार बसेको प्रतिनिधिसभा बैठकमा लामिछानेले सुरक्षा निकायका प्रमुखलाई बर्खास्त नगरे छानबिनमा समस्या पर्ने भन्दै ठूला काण्डहरु पछि विषयलाई मत्थर पार्न कर्मचारीको सरुवा हुने गरेको बताएका हुन् ।

 

उनले भने, ‘यस्तो घटना हुन्छन् त्यसपछि कर्मचारीको सरुवा हुन्छ किन रु सरकारलाई सोध्न चाहन्छु सरुवा भनेको कारबाही हो रु सरुवा गरेर कारबाही गरिएको हो कि पुरस्कार गरिएको हो ?, यस्तो विभिन्न निकायका प्रमुखहरुलाई बर्खास्त गर्नुपर्ने हो कि केही कर्मचारीलाई सरुवा गरेर यसलाई शान्ति गर्ने हो ? सुन प्रकरणपछि पनि सम्बन्धित निकायका प्रमुखहरुलाई राख्दा त्यसले सुन प्रकारणको छानबिनमा असर पर्छ ।’

 

सभापति लामिछानेले १०० किलो सुन तस्करी प्रकरणमा मालिकसम्म किन पुगिएन भनेर प्रश्न समेत गरेका छन् । ‘भरिया मात्र समाउनु थियो होला र ट्याक्सी मात्र समात्यो होला’ सुन तस्करी सेटिङमा भइरहेको भन्दै उनले भने, ‘भरियाले ट्याक्सीबाट मालिकसम्म पुर्‍याउँथ्यो होला नि, मालिकलाई नै कर्‍याप झ्याप पार्न सकिन्थ्यो होला नि त रु किन गरिएन ?’

 

सुनतस्करीमा ठूलो सेटिङ हुने गरेको र यो निरन्तर चल्दै आएको उनको भनाई थियो । उनले आफ्नो पार्टीले सार्वजनिक महत्वको प्रस्ताव दर्ता गराएको र गृहमन्त्रीले त्यसमा चित्तबुझ्दो जवाफ नदिएमा रास्वपाले अर्को कदम चाल्ने चतवानी समेत दिएका छन् ।

कर्णालीका नवनियुक्त मन्त्रीहरूले लिए शपथ

काठमाडौं । कर्णाली प्रदेश सरकारमा चार जना मन्त्रीहरूले पद तथा गोपनीयताको सपथ लिएका छन् ।   आइतबार प्रदेश प्रमुख...

साढे ८ किलो गाँजासहित महिला पक्राउ

काठमाडौं । बारामा साढे ८ किलो गाँजासहित एक जना महिला पक्राउ परेकी छन् । बर्दिया मधुवन नगरपालिका-७ बस्ने २५...

मान्छेमाथि आक्रमण गर्ने बाघको ड्रोन र हात्तीको प्रयोग गरि खोजिँदै

काठमाडौं । ड्रोन र हात्तीको प्रयोग गरि मान्छेलाई आक्रमण गर्ने बाघको खोजी गर्ने तयारी गरिएको छ ।   आज...

सुदूरपश्चिमको मुख्यमन्त्रीमा कमलबहादुर शाहले गरे दाबी पेस

काठमाडौं । सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा नेपाली कांग्रेसका कमलबहादुर शाहले दाबी पेस गरेका छन् । आज बिहान बसेको कांग्रेस संसदीय...

वर्तमान गठबन्धन लामो समयसम्म टिक्छ : विमलेन्द्र निधी

काठमाडौं । नेपाली कांग्रेसका नेता विमलेन्द्र निधीले वर्तमान गठबन्धन लामो समयसम्म टिक्ने दाबी गरेका छन् ।   जनकपुरधामको श्रीराम...

बाग्मती किनारमा एक पुरूषको शव फेला

काठमाडौं । ललितपुरको कुपन्डोलस्थित बागमती नदी किनारमा एक जना पुरूषको शव फेला परेको छ।   आइतबार बिहान ८ बजेतिर...

.