एकीकृत समाजवादीले एमसीसी सम्झौताको कार्यान्वयनको अवस्थाबारे सरकारसँग जानकारी माग्ने


काठमाडौं । नेकपा एकीकृत समाजवादीको केन्द्रिय सचिवालय बैठकले सरकारसँग मिलेनियम च्यालेन्ज कर्पोरेशन एमसीसी सम्झौताको कार्यान्वयनको अवस्थाबारे सरकारसँग जानकारी माग गर्ने निर्णय गरेको छ । असार २९/३०, साउन १ देखि ५ गतेसम्म काठमाडौंको चम्पादेवीमा बसेको बैठकले एमसीसी सम्झौतको कार्यान्वयनको जानकारी माग गर्ने निर्णय गरेको हो ।
बैठकका निर्णय सुनाउँदै पार्टीका उपमहासचिव जगन्नाथ खतिवडाले बैठकले समाजवादी मोर्चा, नेपालको उद्देश्य र कार्यविधिका बारेमा त्यसको घोषणा पत्रमा सबैकुरा स्पष्ट पार्ने, नेपाली समाजको आधारभुत तथा राजनीतिक अन्तरबिरोधका बारेमा पार्टीका दृष्टिकोण कार्यकताहरुलाई स्पष्ट पार्ने निर्णय भएको बताए । उनले पार्टीको महाधिवेशन र आगामी राष्ट्रिय अभियानका बारेमा छलफल तथा निर्णय गर्न आगामी साउन १६ र १७ गते स्थायी कमिटी, १८,१९ गते पोलिटब्युरो र २०,२१ गते केन्द्रिय कमिटीको बैठक काठमाडौंमा बस्ने निर्णय भएको बताए ।
बैठकले वर्षाका कारण हुने क्षतिबाट नागरिकको रक्षा गर्दै धनको सुरक्षा गर्न र राहत, उद्धार तथा पुनः स्थापनाका लागि पूर्वतयारीका साथ लाग्न सरकारसँग आह्वान गरेको छ । त्यस्तै देशभर पशुमा देखिएको लम्पी स्किन रोगबाट भएको क्षतिको राहत व्यवस्था गर्न माग गरेको छ । बैठकले कोशी प्रदेशको नामबारे उत्पन्न विवादलाई वार्ताको माध्यमबाट समाधान खोज्न आह्वान गरेको छ ।
कर्णालीका नवनियुक्त मन्त्रीहरूले लिए शपथ
काठमाडौं । कर्णाली प्रदेश सरकारमा चार जना मन्त्रीहरूले पद तथा गोपनीयताको सपथ लिएका छन् । आइतबार प्रदेश प्रमुख...
साढे ८ किलो गाँजासहित महिला पक्राउ
काठमाडौं । बारामा साढे ८ किलो गाँजासहित एक जना महिला पक्राउ परेकी छन् । बर्दिया मधुवन नगरपालिका-७ बस्ने २५...
मान्छेमाथि आक्रमण गर्ने बाघको ड्रोन र हात्तीको प्रयोग गरि खोजिँदै
काठमाडौं । ड्रोन र हात्तीको प्रयोग गरि मान्छेलाई आक्रमण गर्ने बाघको खोजी गर्ने तयारी गरिएको छ । आज...
सुदूरपश्चिमको मुख्यमन्त्रीमा कमलबहादुर शाहले गरे दाबी पेस
काठमाडौं । सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा नेपाली कांग्रेसका कमलबहादुर शाहले दाबी पेस गरेका छन् । आज बिहान बसेको कांग्रेस संसदीय...
वर्तमान गठबन्धन लामो समयसम्म टिक्छ : विमलेन्द्र निधी
काठमाडौं । नेपाली कांग्रेसका नेता विमलेन्द्र निधीले वर्तमान गठबन्धन लामो समयसम्म टिक्ने दाबी गरेका छन् । जनकपुरधामको श्रीराम...
बाग्मती किनारमा एक पुरूषको शव फेला
काठमाडौं । ललितपुरको कुपन्डोलस्थित बागमती नदी किनारमा एक जना पुरूषको शव फेला परेको छ। आइतबार बिहान ८ बजेतिर...