माथिल्लो तामाकोसी आयोजनाले भदौ महिनाको दोस्रो सातामा हकप्रद सेयर निष्कासन गर्ने तयारी

स्टार संवाददाता
स्टार संवाददाता

काठमाडौं । स्वदेशी लगानीमा निर्माण सम्पन्न भएको माथिल्लो तामाकोसी जलविद्युत् आयोजनाले भदौ महिनाको दोस्रो साता हकप्रद सेयर निष्कासन गर्ने तयारी गरेको छ । दोलखाको बिगु गाउँपालिका–१ लामा बगर स्थितको आयोजनाले रोल्वालिङ डाइभर्सन निर्माणका लागि थप पुँजी सङ्कलन गर्न सेयर  धनीहरूलाई १ः१ का दरले हकप्रद शेयर निष्कासन गर्ने तयारी गरेको हो ।

 

आयोजनाले दोलखामा स्थानीय सरोकारवालाहरूसँग छलफल समेत गरेको छ । कम्पनीले साउन २५ गते बुक क्लोज गर्ने तथा भाद्र महिनाको पहिलो साता साधारण सभा सम्पन्न गरी त्यसपछि शेयर निष्कासन प्रक्रिया सुरु गर्ने बताइएको छ । आयोजनाले हकप्रद शेयर निष्कासन गर्न लाग्दा समेत अझै धेरै दोलखाबासीले भने आफूले पाएको स्थानीय शेयर अभौतिकिकरण नगरेका कारण समस्या हुने देखिएको छ ।

 

 

डिम्याट खाता खोली शेयर अभौतीकीकरण नगरेका शेयर धनीहरूले हकप्रद शेयरमा आवेदन गर्न पाउने व्यवस्था छैन । दुई लाख ७६ हजार दोलखशालीले स्थानीय शेयर प्राप्त गरेकोमा करिब ८४ हजारको डिम्याट खाता रहेको छ । अझै करिब एक लाख ९२ हजार जनाको शेयर अभौतीकीकरण हुन बाँकी रहेको देखिएको छ ।

 

हकप्रद सेयर जारी गर्ने अवधि सुरु हुन लाग्दा पनि कतिपय जिल्लावासीले डिम्याट खाता नै नखोलेको तथा कतिपयले डिम्याट खाता खोले पनि आयोजनाको सेयर उक्त खातामा जम्मा गराइनसकेकाले जिल्लाका नौवटै स्थानीय तहका ७४ वटै वडामा वित्तीय क्षेत्रका जनशक्तिसहितको टोली परिचालन गरी डिम्याट खोल्ने, सेयर रकम डिम्याटमा जम्मा गराउने र हकप्रद सेयर संकलन गर्ने निर्णय भएको प्रमुख जिल्ला अधिकारी कोमलप्रसाद धमलाले जानकारी दिए ।

कर्णालीका नवनियुक्त मन्त्रीहरूले लिए शपथ

काठमाडौं । कर्णाली प्रदेश सरकारमा चार जना मन्त्रीहरूले पद तथा गोपनीयताको सपथ लिएका छन् ।   आइतबार प्रदेश प्रमुख...

साढे ८ किलो गाँजासहित महिला पक्राउ

काठमाडौं । बारामा साढे ८ किलो गाँजासहित एक जना महिला पक्राउ परेकी छन् । बर्दिया मधुवन नगरपालिका-७ बस्ने २५...

मान्छेमाथि आक्रमण गर्ने बाघको ड्रोन र हात्तीको प्रयोग गरि खोजिँदै

काठमाडौं । ड्रोन र हात्तीको प्रयोग गरि मान्छेलाई आक्रमण गर्ने बाघको खोजी गर्ने तयारी गरिएको छ ।   आज...

सुदूरपश्चिमको मुख्यमन्त्रीमा कमलबहादुर शाहले गरे दाबी पेस

काठमाडौं । सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा नेपाली कांग्रेसका कमलबहादुर शाहले दाबी पेस गरेका छन् । आज बिहान बसेको कांग्रेस संसदीय...

वर्तमान गठबन्धन लामो समयसम्म टिक्छ : विमलेन्द्र निधी

काठमाडौं । नेपाली कांग्रेसका नेता विमलेन्द्र निधीले वर्तमान गठबन्धन लामो समयसम्म टिक्ने दाबी गरेका छन् ।   जनकपुरधामको श्रीराम...

बाग्मती किनारमा एक पुरूषको शव फेला

काठमाडौं । ललितपुरको कुपन्डोलस्थित बागमती नदी किनारमा एक जना पुरूषको शव फेला परेको छ।   आइतबार बिहान ८ बजेतिर...

.