एक शिक्षक एक ल्यापटप कार्यक्रम अन्तर्गत कञ्चनपुरको पुनर्वासमा ल्यापटप वितरण 

स्टार संवाददाता
स्टार संवाददाता

कञ्चनपुर । कञ्चनपुरको पुनर्वास नगरपालिकाले एक शिक्षक, एक ल्यापटप अवधारण अगाडि ल्याएको छ । नगरपालिकाले एक शिक्षक, एक ल्यापटप कार्यक्रम अन्तर्गत आज ल्यापटप वितरण गरिएको हो ।

 

शैक्षिक पठनपाठन अव प्रविधिमैत्री हुनुपर्नेमा जोड दिँदै सामुदायिक विद्यालयका शिक्षकहरूको ५० प्रतिशत तथा पुनर्वास नगरपालिकाको ५० प्रतिशत साझेदारीमा ल्यापटप खरिद गरिएको नगर शिक्षा शाखा प्रमुख शिवराज भट्टले जानकारी दिए ।  पुनर्वास नगरपालिका शिक्षा शाखाका अनुसार १२ लाख नगर र १२ लाख शिक्षक लागत गरी २४ लाखको ईबिट मार्फत अनुमानित ७० हजार दररेटमा ३४ ल्यापटप खरिद बोलपत्र आव्हान गरिएको थियो । उक्त ईबिट मा १० फर्मले ईबिट गरेका थिए ।

 

ईबिट मार्फत ११ प्रतिशत न्यून दररेटमा धनगढी स्थित गडी तोला कम्प्युटर ट्रेडर्स सग नगरले सम्झौता गरी २१ लाख ५५हजार ३ सय ६२ रुपैयाँ मा ल्यापटप खरिद ,‌गरिएको बताए । उक्त ल्यापटप आज पुनर्वास नगरपालिकाका नगर प्रमुख तोय प्रसाद शर्माको अध्यक्षतामा आयोजित एक कार्यक्रमका बिच नगर शिक्षा शाखा पुनर्वासले सामुदायिक विद्यालयका ३४ जना शिक्षक हरूलाई वितरण गरिएको थियो । पुनर्वास नगरपालिकाभित्र रहेका सामुदायिक विद्यालयका शिक्षकहरूलाई प्रविधिमैत्री बनाउनका लागि एक शिक्षक एक ल्यापटप अवधारणा अगाडि ल्याइएको पुनर्वास नगरपालिकाका नगर प्रमुख तोय प्रसाद शर्मा ले बताए ।

 

वितरण कार्यक्रममा बोल्दै पुनर्वास नगरपालिकाका मेयर तोय प्रसाद शर्मा ले शिक्षा क्षेत्रको वृद्धिका लागी नगरपालिका लागि परेको बताए । चालु आर्थिक वर्षमा पनि कुल बजेटको एक तृतियाशं बजेट शिक्षामा लगानी गरेको बताउँदै अबको शिक्षा प्रविधिमैत्री हुनुपर्नेमा मेयर शर्मा को भनाई रहेको छ ।

कर्णालीका नवनियुक्त मन्त्रीहरूले लिए शपथ

काठमाडौं । कर्णाली प्रदेश सरकारमा चार जना मन्त्रीहरूले पद तथा गोपनीयताको सपथ लिएका छन् ।   आइतबार प्रदेश प्रमुख...

साढे ८ किलो गाँजासहित महिला पक्राउ

काठमाडौं । बारामा साढे ८ किलो गाँजासहित एक जना महिला पक्राउ परेकी छन् । बर्दिया मधुवन नगरपालिका-७ बस्ने २५...

मान्छेमाथि आक्रमण गर्ने बाघको ड्रोन र हात्तीको प्रयोग गरि खोजिँदै

काठमाडौं । ड्रोन र हात्तीको प्रयोग गरि मान्छेलाई आक्रमण गर्ने बाघको खोजी गर्ने तयारी गरिएको छ ।   आज...

सुदूरपश्चिमको मुख्यमन्त्रीमा कमलबहादुर शाहले गरे दाबी पेस

काठमाडौं । सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा नेपाली कांग्रेसका कमलबहादुर शाहले दाबी पेस गरेका छन् । आज बिहान बसेको कांग्रेस संसदीय...

वर्तमान गठबन्धन लामो समयसम्म टिक्छ : विमलेन्द्र निधी

काठमाडौं । नेपाली कांग्रेसका नेता विमलेन्द्र निधीले वर्तमान गठबन्धन लामो समयसम्म टिक्ने दाबी गरेका छन् ।   जनकपुरधामको श्रीराम...

बाग्मती किनारमा एक पुरूषको शव फेला

काठमाडौं । ललितपुरको कुपन्डोलस्थित बागमती नदी किनारमा एक जना पुरूषको शव फेला परेको छ।   आइतबार बिहान ८ बजेतिर...

.