अफ्रिकी देश नाइजरको सत्ता सेनाको हातमा, संविधान भंग भएको घोषणा

स्टार संवाददाता
स्टार संवाददाता

काठमाडौं । पश्चिम अफ्रिकी मुलुक नाइजरमा सेनाले राष्ट्रपतिलाई गिरफ्तार गर्दै मुलुकको सत्ता आफ्नो हातमा नियन्त्रणमा लिएको घोषणा गरेको छ । सेनाका प्रमुखले संविधान भंग गरिएको र देशका सबै संस्थाहरु निलम्बित गरिएको घोषणा गरेको हो ।

 

राष्ट्रिय टेलिभिजनमार्फत सम्बोधन गर्दै उक्त समूहले देशको सुरक्षा व्यवस्था लगातार बिग्रिँदै गएको र आर्थिक तथा सामाजिक व्यवस्था पनि नाजुक भएपछि शासन सत्ता हातमा लिएको बताएका छन् । स्थिर नहुन्जेल स्थल र हवाई सिमाना बन्द रहने जनाइएको छ । उनले अर्को सूचना जारी नभएसम्मका लागि देशभर राति दश बजेदेखि बिहान ५ बजेसम्म कर्फ्यु जारी गरिएको जानकारी पनि दिए ।

 

सेनाले बुधबार बिहानै राष्ट्रपति मोहमेद बजुमलाई उनको निवासभित्रै नियन्त्रणमा लिएको थियो ।

कर्णालीका नवनियुक्त मन्त्रीहरूले लिए शपथ

काठमाडौं । कर्णाली प्रदेश सरकारमा चार जना मन्त्रीहरूले पद तथा गोपनीयताको सपथ लिएका छन् ।   आइतबार प्रदेश प्रमुख...

साढे ८ किलो गाँजासहित महिला पक्राउ

काठमाडौं । बारामा साढे ८ किलो गाँजासहित एक जना महिला पक्राउ परेकी छन् । बर्दिया मधुवन नगरपालिका-७ बस्ने २५...

मान्छेमाथि आक्रमण गर्ने बाघको ड्रोन र हात्तीको प्रयोग गरि खोजिँदै

काठमाडौं । ड्रोन र हात्तीको प्रयोग गरि मान्छेलाई आक्रमण गर्ने बाघको खोजी गर्ने तयारी गरिएको छ ।   आज...

सुदूरपश्चिमको मुख्यमन्त्रीमा कमलबहादुर शाहले गरे दाबी पेस

काठमाडौं । सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा नेपाली कांग्रेसका कमलबहादुर शाहले दाबी पेस गरेका छन् । आज बिहान बसेको कांग्रेस संसदीय...

वर्तमान गठबन्धन लामो समयसम्म टिक्छ : विमलेन्द्र निधी

काठमाडौं । नेपाली कांग्रेसका नेता विमलेन्द्र निधीले वर्तमान गठबन्धन लामो समयसम्म टिक्ने दाबी गरेका छन् ।   जनकपुरधामको श्रीराम...

बाग्मती किनारमा एक पुरूषको शव फेला

काठमाडौं । ललितपुरको कुपन्डोलस्थित बागमती नदी किनारमा एक जना पुरूषको शव फेला परेको छ।   आइतबार बिहान ८ बजेतिर...

.