अर्यालले आईसीसीको सदस्य पदमा उम्मेदवारी दिने

स्टार संवाददाता
स्टार संवाददाता

काठमाडौं । गैरआवासीय नेपाली राष्ट्रिय समन्वय परिषद् पोर्चुगलका सचिव रवि अर्यालले जुलाई ३० मा हुने संघको ९औं अधिवेशनमा अन्तर्राष्ट्रिय समन्वय परिषद् आईसीसीको सदस्य पदका लागि उम्मेदवारी दिने भएका छन् । अर्यालले वर्तमान कार्यसमितिमा सचिव पदमा रहेर काम गरिरहँदा पनि आफूले कर्तव्य कहिल्यै नभुलेको एनआरएनएका हरेक गतिविधिमा सक्रिय भएर लागेकालेआइसीसीमा गएर काम गर्न पनि आफूलाई नैतिक बल मिलेको बताएका छन् ।

 

 

उनले संघ नेपाल बाहिर रहेका नेपालीको हक अधिकारको सुरक्षा लागि र एनसीसी र केन्द्रबीच कोसेढुंगा सावित भएको बताएका छन् । उनले संघलाई सकेसम्म विवादरहित बनाउन आफूले भूमिका खेल्ने बताएका छन् । अर्यालले अबको एनआरएनएलाई प्रविधिमैत्री बनाउने पर्नेमा जोड दिँदै आफू विजयी भए यो कुरा लागू गर्न पहल गर्ने बताए । ‘अबको जमना प्रविधिको जमना हो संसार क्रृत्रिम बौद्धिकता आर्टिफिसेल इन्टिलेजेन्ट एआईको हो’, उनले भनेका छन्, ‘परम्परागत ढर्राबाट चलिरहेको एनआरएनको छिटो छरितो र सहज ढंगले काम गर्ने वातावरण बनाउन म भूमिका खेल्नेछु ।’

 

निर्वाचनमा प्रतिस्पर्धा गरिसकेपछि हारजीत जे भए पनि त्यसलाई सहर्ष स्वीकार गर्ने उनले बताएका छन् । जीत हात पारे प्रतिबद्धताअनुसार काम गर्ने र पराजित भए विजेतालाई सहयोग गरी अघि बढ्ने उनको भनाइ छ । १० वर्ष देखि पोर्चुगलमा व्यवसाय गर्दै आएका रवि चितवन समाज पोर्चुगलका अध्यक्ष समेत हुन् ।

कर्णालीका नवनियुक्त मन्त्रीहरूले लिए शपथ

काठमाडौं । कर्णाली प्रदेश सरकारमा चार जना मन्त्रीहरूले पद तथा गोपनीयताको सपथ लिएका छन् ।   आइतबार प्रदेश प्रमुख...

साढे ८ किलो गाँजासहित महिला पक्राउ

काठमाडौं । बारामा साढे ८ किलो गाँजासहित एक जना महिला पक्राउ परेकी छन् । बर्दिया मधुवन नगरपालिका-७ बस्ने २५...

मान्छेमाथि आक्रमण गर्ने बाघको ड्रोन र हात्तीको प्रयोग गरि खोजिँदै

काठमाडौं । ड्रोन र हात्तीको प्रयोग गरि मान्छेलाई आक्रमण गर्ने बाघको खोजी गर्ने तयारी गरिएको छ ।   आज...

सुदूरपश्चिमको मुख्यमन्त्रीमा कमलबहादुर शाहले गरे दाबी पेस

काठमाडौं । सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा नेपाली कांग्रेसका कमलबहादुर शाहले दाबी पेस गरेका छन् । आज बिहान बसेको कांग्रेस संसदीय...

वर्तमान गठबन्धन लामो समयसम्म टिक्छ : विमलेन्द्र निधी

काठमाडौं । नेपाली कांग्रेसका नेता विमलेन्द्र निधीले वर्तमान गठबन्धन लामो समयसम्म टिक्ने दाबी गरेका छन् ।   जनकपुरधामको श्रीराम...

बाग्मती किनारमा एक पुरूषको शव फेला

काठमाडौं । ललितपुरको कुपन्डोलस्थित बागमती नदी किनारमा एक जना पुरूषको शव फेला परेको छ।   आइतबार बिहान ८ बजेतिर...

.