घट्यो बागमती प्रदेशमा सार्वजनिक यातायातको भाडा

स्टार संवाददाता
स्टार संवाददाता

काठमाडौं । बागमती प्रदेशले सार्वजनिक यातायातको भाडा घटाउने भएको छ । नेपाल आयल निगमले साउन १ गतेबाट इन्धनको मुल्यमा स्वचालित प्रणालीमा गएसँगै प्रदेश सरकारले आज बिहीबार देखि लागू हुने गरी पुनः भाडादर घटाउन लागेको हो ।

 

इन्धनको मूल्य ५ प्रतिशत बढ्दा वा घट्दा भाडा सोही किसिमले घटाउनु वा बढाउनुपर्ने भएकाले अहिले भाडादर घटाउन लागिएको बताइएको छ । प्रदेशमा चल्ने सवारी साधनमा २.३ प्रतिशत भाडा घट्नेछ । यस्तै मालबहाक सवारी साधनमा ३.१८ प्रतिशत भाडा घट्ने भएको छ । सीटी बसमा भने ३.२६ प्रतिशतले भाडा घट्ने जनाइएको छ ।

 

काठमाडौं उपत्यकामा पहिले सात किलोमिटरसम्म चढ्ने बित्तिकै १९ रुपियाँ तिर्नुपर्दथ्यो । अब १८ रुपियाँ तिर्नुपर्ने भएको हो ।

कर्णालीका नवनियुक्त मन्त्रीहरूले लिए शपथ

काठमाडौं । कर्णाली प्रदेश सरकारमा चार जना मन्त्रीहरूले पद तथा गोपनीयताको सपथ लिएका छन् ।   आइतबार प्रदेश प्रमुख...

साढे ८ किलो गाँजासहित महिला पक्राउ

काठमाडौं । बारामा साढे ८ किलो गाँजासहित एक जना महिला पक्राउ परेकी छन् । बर्दिया मधुवन नगरपालिका-७ बस्ने २५...

मान्छेमाथि आक्रमण गर्ने बाघको ड्रोन र हात्तीको प्रयोग गरि खोजिँदै

काठमाडौं । ड्रोन र हात्तीको प्रयोग गरि मान्छेलाई आक्रमण गर्ने बाघको खोजी गर्ने तयारी गरिएको छ ।   आज...

सुदूरपश्चिमको मुख्यमन्त्रीमा कमलबहादुर शाहले गरे दाबी पेस

काठमाडौं । सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा नेपाली कांग्रेसका कमलबहादुर शाहले दाबी पेस गरेका छन् । आज बिहान बसेको कांग्रेस संसदीय...

वर्तमान गठबन्धन लामो समयसम्म टिक्छ : विमलेन्द्र निधी

काठमाडौं । नेपाली कांग्रेसका नेता विमलेन्द्र निधीले वर्तमान गठबन्धन लामो समयसम्म टिक्ने दाबी गरेका छन् ।   जनकपुरधामको श्रीराम...

बाग्मती किनारमा एक पुरूषको शव फेला

काठमाडौं । ललितपुरको कुपन्डोलस्थित बागमती नदी किनारमा एक जना पुरूषको शव फेला परेको छ।   आइतबार बिहान ८ बजेतिर...

.