व्यवस्थित कुलो नहुँदा सिचाइमा समस्या


कास्की । कास्कीको पोखरा महानगर पालिका वडा न। १५ मा रहेका किसानहरूले व्यवस्थित सिचाइ को कुलो नहुँदा बर्सेनि दुख पाउने गरेका छन् । सेती नदिका पानी सेती जलविद्युत नदीपुर देखि कुडहर फांंट हुँदै वडा न। १५ सबै ठाउँमा यही पानीले सिचाई गरिन्छ तर काजिपोखरी देखि ढुङ्गेसाघु , फलेपाटन , स्यानिपाटन , मजुवा टुटुङाका स्थानीयहरू व्यवस्थित कुलो नहुँदा धान रोप्न , सिचाइ गर्न कुलोले गर्दा समस्या भएको स्थानीय कृषकहरू बताउँछन् ।
पहिले सिचाइको लागि कुलो ठुलो थियो अहिले चारैतिर बाट अतिक्रमण भई कुलो सानो भयो यस विषयमा पोखरा महानगरका मेयर धनराज आचार्य , सिचाई डिभिजन कार्यालय कास्की , वडा कार्यालय लगायत सम्बन्धित सरोकारवालाहरूलाई बारम्बार जानकारी गराए पनि कतै बाट पहल नभएको चेतना कृषक महिला समूहकी निवर्तमान अध्यक्ष माया भण्डारी बताउँछिन् वर्षमा दुई पटक धान खेती चैते धान र असारमा जेठोवुढो धान को सिचाइको लागि तरकारीहरूमा सिचाइको लागि कुलो व्यवस्थित नहुँदा बर्षौ देखि समस्या भोग्दै आएको र कुलो मा पानी सानो आएकाले छिमेकी कृषकहरू सिचाइको पानीका लागि झगडा समेत हुने गरेको स्थानीय कृषक देवी गिरी बत्ताउँछिन् ।
कृषिप्रधान देश भन्ने किसानका पिडा नबुझ्ने , असार १५ मा रोपाइ महोत्सव गरेर मात्र धान रोपिँदैन धान रोपेपछि पानी चाहिन्छ तर सिचाइ को लागि कुलो ठुलो बनाउन कसैले वास्ता गर्दैनन् सस्तो लोकप्रियताको लागि आवश्यक ठाउँमा भन्दा अन्य ठाउँमा वडाले बजेट विनियोजन गरेको स्थानीयहरू बताउँछन् । किसानका हरेक समस्या लाई समाधान गरेर कृषि उत्पादनमा किसानलाई प्रोत्साहन गर्नु पर्दछ, कहिले बिउको समस्या , कहिले मलको समस्या , बाली लगायो पानी हुँदैन , बल्लतल्ल हुर्कायो थन्क्याएर राख्ने बेलमा असिना आउँछ ।
तर पनि किसानले खेती गर्न छोड्दैनन् र त सबैले खान पाएका छन् त्यसैले सरकारले सिचाइ देखि मल बिउ सहुलियत मा सहज तरिकाले उपलब्ध गराइदिए नेपालमै धेरै खाद्यवस्तु उत्पादन गर्न सकिन्छ र यसमा सबैले सहयोग गर्नुपर्ने गिरीले बत्ताइन। कास्की मा उत्पादन भएको जेठो बुढो , पहेले , अनदि लगायतका धान , चामल किसानले अन्यत्र पनि बिक्री गर्दै आइरहेका छन् ।
कर्णालीका नवनियुक्त मन्त्रीहरूले लिए शपथ
काठमाडौं । कर्णाली प्रदेश सरकारमा चार जना मन्त्रीहरूले पद तथा गोपनीयताको सपथ लिएका छन् । आइतबार प्रदेश प्रमुख...
साढे ८ किलो गाँजासहित महिला पक्राउ
काठमाडौं । बारामा साढे ८ किलो गाँजासहित एक जना महिला पक्राउ परेकी छन् । बर्दिया मधुवन नगरपालिका-७ बस्ने २५...
मान्छेमाथि आक्रमण गर्ने बाघको ड्रोन र हात्तीको प्रयोग गरि खोजिँदै
काठमाडौं । ड्रोन र हात्तीको प्रयोग गरि मान्छेलाई आक्रमण गर्ने बाघको खोजी गर्ने तयारी गरिएको छ । आज...
सुदूरपश्चिमको मुख्यमन्त्रीमा कमलबहादुर शाहले गरे दाबी पेस
काठमाडौं । सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा नेपाली कांग्रेसका कमलबहादुर शाहले दाबी पेस गरेका छन् । आज बिहान बसेको कांग्रेस संसदीय...
वर्तमान गठबन्धन लामो समयसम्म टिक्छ : विमलेन्द्र निधी
काठमाडौं । नेपाली कांग्रेसका नेता विमलेन्द्र निधीले वर्तमान गठबन्धन लामो समयसम्म टिक्ने दाबी गरेका छन् । जनकपुरधामको श्रीराम...
बाग्मती किनारमा एक पुरूषको शव फेला
काठमाडौं । ललितपुरको कुपन्डोलस्थित बागमती नदी किनारमा एक जना पुरूषको शव फेला परेको छ। आइतबार बिहान ८ बजेतिर...