६ दिने इटाली भ्रमण सम्पन्न गरी प्रधानमन्त्री प्रचण्ड आज स्वदेश फर्किँदै

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड ६ दिने इटाली भ्रमण सम्पन्न गरी स्वदेश फर्किने भएका छन् । संयुक्त राष्ट्रसङ्घ, खाद्य तथा कृषि संगठनद्वारा इटालीको रोममा आयोजित ‘फुड सिस्टम समिट प्लस टु’मा सहभागी हुन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै साउन ६ गते त्यसतर्फ प्रस्थान गरेका प्रधानमन्त्री दाहाल आज शुक्रबार स्वदेश फर्किने भएका हुन् ।
भ्रमणका क्रममा प्रधानमन्त्री दाहालले नेपाली प्रगतिशील मञ्च इटाली, बेल्जियम, स्पेन, क्रोसिया, पोर्चुगल, अष्ट्रिया र आयरल्यान्डका प्रतिनिधिसँग छलफल गरेका थिए । सो अवसरमा उनले सरकार सुशासन, सामाजिक न्याय र समृद्धिको अभियानमा दृढताका साथ अगाडि बढेको बताएका थिए ।
प्रधानमन्त्री दाहाल नेतृत्वको भ्रमण दलमा उहाँका स्वकीयसचिव एवं छोरी गङ्गा दाहाल, कृषि तथा पशुपक्षी विकासमन्त्री डा।बेदुराम भुसाल, राष्ट्रिय योजना आयोगका सदस्य डा जयकान्त राउत, सुरक्षाकर्मी एवं सञ्चारकर्मीलगायत सहभागी थिए ।
कर्णालीका नवनियुक्त मन्त्रीहरूले लिए शपथ
काठमाडौं । कर्णाली प्रदेश सरकारमा चार जना मन्त्रीहरूले पद तथा गोपनीयताको सपथ लिएका छन् । आइतबार प्रदेश प्रमुख...
सुदूरपश्चिमको मुख्यमन्त्रीमा कमलबहादुर शाहले गरे दाबी पेस
काठमाडौं । सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा नेपाली कांग्रेसका कमलबहादुर शाहले दाबी पेस गरेका छन् । आज बिहान बसेको कांग्रेस संसदीय...
वर्तमान गठबन्धन लामो समयसम्म टिक्छ : विमलेन्द्र निधी
काठमाडौं । नेपाली कांग्रेसका नेता विमलेन्द्र निधीले वर्तमान गठबन्धन लामो समयसम्म टिक्ने दाबी गरेका छन् । जनकपुरधामको श्रीराम...
सुदूरपश्चिममा आज नयाँ सरकार गठन हुँदै
काठमाडौँ । सुदूरपश्चिम प्रदेशमा आज नयाँ सरकार गठन हुँदैछ । प्रदेश प्रमुख नजिर मियाँले नयाँ सरकार गठन गर्न...
कर्णालीका चार मन्त्रीहरूले आज पद तथा गोपनीयताको शपथ लिँदै
काठमाडौं । कर्णाली प्रदेश सरकारमा चार जना मन्त्रीहरूले आज पद तथा गोपनीयताको सपथ लिने भएका छन् । मन्त्रीहरूले को...
आज एमालेका मनोनित केन्द्रीय सदस्यको शपथग्रहण
काठमाडौं । आज नेकपा एमालेका मनोनीत उपाध्यक्ष, स्थायी कमिटी तथा केन्द्रीय सदस्यको शपथग्रहण कार्यक्रम रहेको छ । पार्टी...