अन्तर्राष्ट्रिय युवा दिवस मूल समारोह समिति गठन


काठमाडौं । अन्तर्राष्ट्रिय युवा दिवस मूल समारोह समिति गठन भएको छ । बिहीबार युवा तथा खेलकुद मन्त्री डिगबहादुर लिम्बुको अध्यक्षतामा राष्ट्रिय युवा परिषदले मन्त्रालयमा आयोजना गरेको कार्यक्रममा ६५७ सदस्यीय मूल समारोह समिति घोषणा गरेको हो ।
युवा तथा खेलकुद मन्त्रालयमा सरोकारवाला एवम् विभिन्न क्षेत्रका युवा केन्द्रित संघसंस्था र प्रतिनिधिहरुको उपस्थितिमा मूल समारोह समितिको घोषणा गरीएको थियो । परिषदका कार्यकारी उपाध्यक्ष सुरेन्द्र बस्नेतका अनुसार आगामी साउन २७ गते हुने अन्तर्राष्ट्रिय युवा दिवसलाई साताव्यापी कार्यक्रमका साथ भव्य रुपमा मनाउन सो समिति बनाइएको हो ।
समितिमा परिषदका कार्यकारी उपाध्यक्ष, विभिन्न मन्त्रालयका प्रतिनिधि, प्रदेश युवा परिषदका उपाध्क्ष, परिषदका सबै सदस्यहरु, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बलका प्रतिनिधि, राष्ट्रिय खेलकुद परिषद, युवा स्वरोजगार कोष र नेपाल स्काउटका प्रतिनिधि रहेका छन् । यस्तै हिसान, प्याब्सन, एनप्याब्सन लगायतका प्रतिनिधिलाई समेत सहभागि गराइएके छ ।
कर्णालीका नवनियुक्त मन्त्रीहरूले लिए शपथ
काठमाडौं । कर्णाली प्रदेश सरकारमा चार जना मन्त्रीहरूले पद तथा गोपनीयताको सपथ लिएका छन् । आइतबार प्रदेश प्रमुख...
साढे ८ किलो गाँजासहित महिला पक्राउ
काठमाडौं । बारामा साढे ८ किलो गाँजासहित एक जना महिला पक्राउ परेकी छन् । बर्दिया मधुवन नगरपालिका-७ बस्ने २५...
मान्छेमाथि आक्रमण गर्ने बाघको ड्रोन र हात्तीको प्रयोग गरि खोजिँदै
काठमाडौं । ड्रोन र हात्तीको प्रयोग गरि मान्छेलाई आक्रमण गर्ने बाघको खोजी गर्ने तयारी गरिएको छ । आज...
सुदूरपश्चिमको मुख्यमन्त्रीमा कमलबहादुर शाहले गरे दाबी पेस
काठमाडौं । सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा नेपाली कांग्रेसका कमलबहादुर शाहले दाबी पेस गरेका छन् । आज बिहान बसेको कांग्रेस संसदीय...
वर्तमान गठबन्धन लामो समयसम्म टिक्छ : विमलेन्द्र निधी
काठमाडौं । नेपाली कांग्रेसका नेता विमलेन्द्र निधीले वर्तमान गठबन्धन लामो समयसम्म टिक्ने दाबी गरेका छन् । जनकपुरधामको श्रीराम...
बाग्मती किनारमा एक पुरूषको शव फेला
काठमाडौं । ललितपुरको कुपन्डोलस्थित बागमती नदी किनारमा एक जना पुरूषको शव फेला परेको छ। आइतबार बिहान ८ बजेतिर...