६ महिनाभित्र नेपालको स्वास्थ्य क्षेत्रमा आमुल परिवर्तन हुन्छ : मन्त्री बस्नेत

स्टार संवाददाता
स्टार संवाददाता

काठमाडौं । स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतले ६ महिना भित्रमा नेपालको स्वास्थ्य क्षेत्रमा आमुल परिवर्तन गर्ने किसिमले मन्त्रालयले काम गरिरहेको बताएका छन् ।

 

प्राकृतिक विपद्को समयमा काम गर्ने उद्देश्यले विश्व स्वास्थ्य सङ्गठनको आर्थिक लगानीमा निर्माण भएको ‘प्रदेश स्वास्थ्य आपतकालीन कार्य सञ्चालन केन्द्र’ को आज धनुषाको सपहीमा प्रदेश सरकारलाई हस्तान्तरण गर्नुहुँदै मन्त्री बस्नेतले स्वास्थ्य मन्त्रालयले पहिलो पटक निजी तथा सरकारी अस्पतालमा गरेर ३ हजार २५ वटा शैय्या गरिव तथा विपन्न वर्गका लागि निःशुल्क छुट्याउने काम भएको बताएका हुन् । मन्त्री बस्नेतले अस्पतालको १० प्रतिशत शैय्या निःशुल्क गर्नुपर्ने प्रावधानको पालना ठूलोदेखि सबै अस्पतालले गर्नुपर्ने धारणा राख्दै निःशुल्क शैय्या नछुट्याउने माथि सरकार कठोर भएर कारबाही गर्ने बताए ।

 

उनले संविधानले नै आम जनताको लागि ग्यारेन्टी गरेको आधारभुत स्वास्थ्य सेवालाई निःशुल्क प्रदान गर्ने प्रावधानलाई स्थापित गराउनका लागि मन्त्रालयले काम गरिरहेको बताए । मन्त्री बस्नेतले मधेस प्रदेशको नारायणी उपक्षेत्रीय अस्पतालमा किड्नीको हस्तान्तरणका लागि काम अगाडी बढाइसकेको र जनकपुरधाममा मुटुको सबै प्रकारको उपचार गर्नेगरि गङ्गालाल हृदयरोग केन्द्रको शाखालाई बलियो बनाउने काम भएको बताए ।

कर्णालीका नवनियुक्त मन्त्रीहरूले लिए शपथ

काठमाडौं । कर्णाली प्रदेश सरकारमा चार जना मन्त्रीहरूले पद तथा गोपनीयताको सपथ लिएका छन् ।   आइतबार प्रदेश प्रमुख...

साढे ८ किलो गाँजासहित महिला पक्राउ

काठमाडौं । बारामा साढे ८ किलो गाँजासहित एक जना महिला पक्राउ परेकी छन् । बर्दिया मधुवन नगरपालिका-७ बस्ने २५...

मान्छेमाथि आक्रमण गर्ने बाघको ड्रोन र हात्तीको प्रयोग गरि खोजिँदै

काठमाडौं । ड्रोन र हात्तीको प्रयोग गरि मान्छेलाई आक्रमण गर्ने बाघको खोजी गर्ने तयारी गरिएको छ ।   आज...

सुदूरपश्चिमको मुख्यमन्त्रीमा कमलबहादुर शाहले गरे दाबी पेस

काठमाडौं । सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा नेपाली कांग्रेसका कमलबहादुर शाहले दाबी पेस गरेका छन् । आज बिहान बसेको कांग्रेस संसदीय...

वर्तमान गठबन्धन लामो समयसम्म टिक्छ : विमलेन्द्र निधी

काठमाडौं । नेपाली कांग्रेसका नेता विमलेन्द्र निधीले वर्तमान गठबन्धन लामो समयसम्म टिक्ने दाबी गरेका छन् ।   जनकपुरधामको श्रीराम...

बाग्मती किनारमा एक पुरूषको शव फेला

काठमाडौं । ललितपुरको कुपन्डोलस्थित बागमती नदी किनारमा एक जना पुरूषको शव फेला परेको छ।   आइतबार बिहान ८ बजेतिर...

.