समाजसेवामा फाइदा लिने मानिसको काम हुँदैन : मन्त्री बस्नेत


काठमाडौं । स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतले समाजसेवामा फाइदा लिने मानिसहरुको काम नहुने बताएका छन् । शुक्रवार काठमाडौंमा ५८औं रक्तसञ्चार सेवा दिवस समारोहलाई सम्बोधन गर्दै उनले जनसेवा गर्ने संकल्प लिएकाहरु मात्रै समाजसेवामा राम्रो हुने बताएका हुन् ।
मन्त्री बस्नेतले नेपाल रेडक्रस सोसाइटी वा रक्तासञ्चार केन्द्रले आफ्नो क्षेत्रबाट गरेको कामहरु महत्वपूर्ण रहेको बताए । उनले देशमा अफ्ठ्यारो परेको बेलामा र रगत चाहिएको बेलामा आवश्यक रगत उपलब्ध गराउनु महत्वपूर्ण हुने बताए । उनले देशमा शिक्षा र स्वास्थ्य निःशुल्क हुनुपर्ने बताए ।
उनले भने, ‘समाजसेवामा फाइदा लिने मानिसहरु लागेर काम छैन । जनसेवा गर्ने संकल्प लिएकाहरु मात्रै यो क्षेत्रमा ठिक हुन्छ । त्यसकारण नेपाल रेडक्रस सोसाइटी वा रक्तासञ्चार केन्द्र जुनजुन क्षेत्रबाट भएपनि आजसम्म यो देशमा अफ्ठ्यारो परेको बेलामा, रगत चाहिएको बेलामा दिँदै आएको छ । यो आफ्नो रगत दिएर अरुलाई बचाउने कुराको महत्व भनिरहनु पर्दैन । शिक्षा र स्वास्थ्य निःशुल्क हुनुपर्छ भनेर लागेर हिँडेको मान्छे हुँ म ।’
मन्त्री बस्नेतले कामह जति पवित्र हुन्छन् त्यत्ति धेरै गुनासो आउने बताए । देशमा भएका फार्मेसीहरुको निरीक्षण गर्दा विधिसम्मत रुपमा नचलेका फार्मेसीहरु बढी रहेको पाइएको बताए ।
कर्णालीका नवनियुक्त मन्त्रीहरूले लिए शपथ
काठमाडौं । कर्णाली प्रदेश सरकारमा चार जना मन्त्रीहरूले पद तथा गोपनीयताको सपथ लिएका छन् । आइतबार प्रदेश प्रमुख...
साढे ८ किलो गाँजासहित महिला पक्राउ
काठमाडौं । बारामा साढे ८ किलो गाँजासहित एक जना महिला पक्राउ परेकी छन् । बर्दिया मधुवन नगरपालिका-७ बस्ने २५...
मान्छेमाथि आक्रमण गर्ने बाघको ड्रोन र हात्तीको प्रयोग गरि खोजिँदै
काठमाडौं । ड्रोन र हात्तीको प्रयोग गरि मान्छेलाई आक्रमण गर्ने बाघको खोजी गर्ने तयारी गरिएको छ । आज...
सुदूरपश्चिमको मुख्यमन्त्रीमा कमलबहादुर शाहले गरे दाबी पेस
काठमाडौं । सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा नेपाली कांग्रेसका कमलबहादुर शाहले दाबी पेस गरेका छन् । आज बिहान बसेको कांग्रेस संसदीय...
वर्तमान गठबन्धन लामो समयसम्म टिक्छ : विमलेन्द्र निधी
काठमाडौं । नेपाली कांग्रेसका नेता विमलेन्द्र निधीले वर्तमान गठबन्धन लामो समयसम्म टिक्ने दाबी गरेका छन् । जनकपुरधामको श्रीराम...
बाग्मती किनारमा एक पुरूषको शव फेला
काठमाडौं । ललितपुरको कुपन्डोलस्थित बागमती नदी किनारमा एक जना पुरूषको शव फेला परेको छ। आइतबार बिहान ८ बजेतिर...