सन्दीपले तेस्रोपटक जिते मोमेन्ट अफ द म्याचको पुरस्कार


काठमाडौं । नेपाली खेलाडी सन्दीप लामिछाने क्यानाडामा जारी ग्लोबल टी २० मा तीन विकेट लिँदै टिमलाई जित दिलाएका छन् । शुक्रबार राति भएको खेलमा सन्दीपले सर्रेले मिसिसौगा प्यान्थर्सलाई ५५ रनले हराउँदा सन्दीपले उत्कृष्ट ३ विकेट लिएका थिए ।
प्लेयर अफ द म्याचको अवार्ड पाउन नसके पनि सन्दीपले फेरि एकपटक मामेन्ट अफ द म्याचको पुरस्कार पाएका छन् । उनले एकै ओेभरमा दुई विकेट लिएर खेललाई सर्रेको पक्षमा ढल्काएका थिए । सन्दीपले यसअघि पनि दुई खेलमा मोमेन्ट अफ द म्याचको पुरस्कार पाइसकेका छन् ।
यो ५०० डलरको पुरस्कार हो । सर्रेको अर्को एउटा म्याच भने वर्षाका कारण रद्द भएको थियो ।
भारत र श्रीलङ्काबीचको दोस्रो एकदिवसीय क्रिकेट आज हुँदै
काठमाडौं । भारत र श्रीलङ्काबीचको दोस्रो एकदिवसीय क्रिकेट आज हुँदैछ । तीन खेलको शृङ्खला अन्तर्गत दोस्रो एकदिवसीय खेल...
बार्सिलोनासँग रियल २-१ ले पराजित
काठमाडौं । बार्सिलोनाले प्रि-सिजन मैत्रीपूर्ण खेलमा चिरपरिचत प्रतिद्धन्द्धी रियल मड्रिडलाई पराजित गरेको छ । अमेरिकाको मेटालाइफ रंगशालामा आइतबार...
काभा महिला भलिबल : नेपाल र इरानबीच प्रतिस्पर्धा
काठमाडौं । काभा महिला भलिबल नेसन्स लिगमा आज नेपाल र इरानबीच प्रतिस्पर्धा हुने भएको छ । काठमाडौंको त्रिपुरेश्वरस्थित राष्ट्रिय...
काभा भलिबल लिग : नेपालले भारतको सामना गर्दै
काठमाडौं । काभा वुमन्स नेसन्स भलिबल लिगमा शनिबार चिरपरिचित प्रतिद्वन्दीहरू नेपाल र भारतबीच प्रतिस्पर्धा हुँदैछ । त्रिपुरेश्वरस्थित राष्ट्रिय...
भारत र श्रीलंकाबीचको एक दिवसीय क्रिकेट आजदेखि
काठमाडौं । भारत र श्रीलंकाको एक दिवसीय सिरिज आज सुरुहुने भएको छ । सिरिजको पहिलो खेल आज दिउँसो २:४५...
काभा महिला भलिबल लिग : नेपालसँग श्रीलंका पराजित
काठमाडौं । आज शुरु भएको काभा महिला भलिबल नेसन्स लिग प्रतियोगितामा नेपालसँग श्रीलंका पराजित भएकाे छ । त्रिपुरेश्वरस्थित...