सुनमाथि सुनपानी छर्किँदै शीर्ष नेता, मुख्य नाइके को ?

स्टार संवाददाता
स्टार संवाददाता

 काठमाडौं । त्रिभुवन विमानस्थलबाट भित्रिएको सुन काण्डको चर्चा सदनदेखि सडकसम्म छ । सुनकै कुरालाई लिएर सदनमा प्रमुख प्रतिपक्षी दल एमालेले अवरोध नै गरेको छ भने सत्ता साझेदार दल नेपाली कांग्रेसका नेताहरूले गृहमन्त्री र अर्थमन्त्रीको राजीनामा मागेका छन् । अन्य दल र बुद्धिजीवीहरूले पनि उच्चस्तरीय छानबिन समितिको माग गरेको छ । तर यती ठुलो मात्रामा बरामद भएको सुन प्रकरणमा साना भरिया मात्रै पक्राउ पर्नुले संशय पैदा गरेको छ, भने मुख्य नाइके पक्राउ पर्नेमा धेरैको विश्वास छैन ।

 

राजश्व अनुसन्धान विभागले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको भन्सार जाँच पार गरेर बाहिरिएको एक सय किलो भनिएको सुन साउन २ गते सिनामंगलबाट बरामद ग¥यो । विभागका अनुसार, हङकङबाट क्याथे प्यासिफिक एयरलाइन्सको विमानमा  असार ३० गते १६० सेट ‘ब्रेक शु’ आएको थियो । भन्सार जाँच पार गरेर  साउन ३ गते दिउँसो २ बजे बाहिरिएको ‘ब्रेक शु’भित्र सुन भएको सूचनाका आधारमा राजश्व अनुसन्धान विभागले सुन बोकेको ट्याक्सीलाई समेत नियन्त्रणमा लियो ।

 

सुन प्रकरणमा केहीलाई पक्राउ समेत गरिएको छ तर सुन प्रकरणका मुख्य दोषी भने अझै समातिएका छैनन् । सदनमा प्रमुख प्रतिपक्ष दलले अवरोध गर्दै उच्चस्तरीय छानबिन समितिको माग गरेको छ भने सता साझेदार दलकै नेताहरूले गृह मन्त्री र अर्थमन्त्रीको राजीनामा नै माग गरिरहेका छन् । सुन प्रकरणमा जहिले पनि साना भरिया मात्रै पक्राउ पर्नुले संशय पैदा गरेको छ । उता  राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले सुन तस्करीमा राज्यसत्ताका जिम्मेवार व्यक्तिहरू सामेल भएको बताएका छन् । उनले सरकारले सुन तस्करीको मुख्य अपराधीलाई समातेर नेपाली जनतालाई देखाउनुपर्ने समेत बताए ।

 

जुन विषयले अहिले सदन देखि सडकसम्म चर्चा पाएको हो । यस अघि पनि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै सुन नभित्रिएको भने होइन तर यती ठुलो परिमाणमा सुन भित्रिएको भने यो पहिलो पटक हो ।  सुन भित्र्याएको रेडी ट्रेड प्रा।लि।ले यसअघि २८ पटक हङकङबाट सामान ल्याइसकेको खुलेको छ । सबै जाँच पार गरेर यति ठुलो परिमाणमा सुन बाहिरिनुले मुलुकको अन्तर्राष्ट्रिय विमानस्थलको सुरक्षामा समेत प्रश्न खडा गर्ने सुरक्षा जानकारहरूको  भनाई छ ।

कर्णालीका नवनियुक्त मन्त्रीहरूले लिए शपथ

काठमाडौं । कर्णाली प्रदेश सरकारमा चार जना मन्त्रीहरूले पद तथा गोपनीयताको सपथ लिएका छन् ।   आइतबार प्रदेश प्रमुख...

साढे ८ किलो गाँजासहित महिला पक्राउ

काठमाडौं । बारामा साढे ८ किलो गाँजासहित एक जना महिला पक्राउ परेकी छन् । बर्दिया मधुवन नगरपालिका-७ बस्ने २५...

मान्छेमाथि आक्रमण गर्ने बाघको ड्रोन र हात्तीको प्रयोग गरि खोजिँदै

काठमाडौं । ड्रोन र हात्तीको प्रयोग गरि मान्छेलाई आक्रमण गर्ने बाघको खोजी गर्ने तयारी गरिएको छ ।   आज...

सुदूरपश्चिमको मुख्यमन्त्रीमा कमलबहादुर शाहले गरे दाबी पेस

काठमाडौं । सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा नेपाली कांग्रेसका कमलबहादुर शाहले दाबी पेस गरेका छन् । आज बिहान बसेको कांग्रेस संसदीय...

वर्तमान गठबन्धन लामो समयसम्म टिक्छ : विमलेन्द्र निधी

काठमाडौं । नेपाली कांग्रेसका नेता विमलेन्द्र निधीले वर्तमान गठबन्धन लामो समयसम्म टिक्ने दाबी गरेका छन् ।   जनकपुरधामको श्रीराम...

बाग्मती किनारमा एक पुरूषको शव फेला

काठमाडौं । ललितपुरको कुपन्डोलस्थित बागमती नदी किनारमा एक जना पुरूषको शव फेला परेको छ।   आइतबार बिहान ८ बजेतिर...

.