राष्ट्रिय प्रजातन्त्र पार्टी र राष्ट्रिय जनआन्दोलन मोर्चाबीच एकीकरण

स्टार संवाददाता
स्टार संवाददाता

काठमाडौं । कमल थापा नेतृत्वको राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाल र तारानाथ लुइँटेल नेतृत्वको संयुक्त राष्ट्रिय जनआन्दोलन मोर्चाबीच एकता गर्ने समझदारी पत्रमा हस्ताक्षर भएको छ ।  दुई समूहबिच  राष्ट्रिय सभागृहमा एक औपचारिक कार्यक्रमको आयोजना गरी एकताको घोषणा गर्ने गरी  समझदारी पत्रमा हस्ताक्षर भएको हो ।

 

सम्झौता अनुसार पार्टीमा कमल थापा नै अध्यक्ष रहने र मोर्चाका लुइँटेल सह अध्यक्ष हुने समझदारी भएको छ । मोर्चाका अध्यक्ष लुइँटेलले अहिलेको राजनीतिक परिवेशमा परिवर्तनको संकेत राप्रपा नेपालले देखाएको र हिन्दु राज्य तथा राजसंस्था पुनर्स्थापनाका लागि अन्य शक्ति वा विचारबाट सम्भव नहुने देखिएकाले आफूहरू पार्टी एकतामा जोडिएको बताए । न्युज हाउस नेपालसँगको कुराकानीका क्रममा अध्यक्ष लुइँटेलले देशभरिका मोर्चाका सबै सक्रिय सदस्य तथा पदाधिकारीहरू अब राप्रपा नेपालमा समाहित भएर अघि बढ्ने जानकारी दिए ।

 

पार्टी एकता गर्दा राप्रपा नेपाल र मोर्चाका सदस्य तथा पदाधिकारीहरूको सहअस्तित्वलाई स्वीकार गरिने लुइँटेलको भनाइ रहेको छ । अब राप्रपा नेपालकै कार्यालयमा मोर्चाको बोर्ड पनि राखिने उनको भनाइ रहेको छ । राप्रपा नेपालको नेतृत्वमा अब चाँडै तेस्रो जनआन्दोलनको घोषणा गरिने पनि उनले जानकारी दिए ।  मोर्चाकी प्रवक्तासमेत रहेकी राष्ट्रियता तथा संस्कृतिकी अभियन्ता सृजना वाग्लेले राप्रपा नेपालसँग मात्र नभई अब राप्रपा र राष्ट्रियताको माया हुने सबै पार्टी, समूह र जनतासँग एकता गर्ने बताइन् ।

कर्णालीका नवनियुक्त मन्त्रीहरूले लिए शपथ

काठमाडौं । कर्णाली प्रदेश सरकारमा चार जना मन्त्रीहरूले पद तथा गोपनीयताको सपथ लिएका छन् ।   आइतबार प्रदेश प्रमुख...

साढे ८ किलो गाँजासहित महिला पक्राउ

काठमाडौं । बारामा साढे ८ किलो गाँजासहित एक जना महिला पक्राउ परेकी छन् । बर्दिया मधुवन नगरपालिका-७ बस्ने २५...

मान्छेमाथि आक्रमण गर्ने बाघको ड्रोन र हात्तीको प्रयोग गरि खोजिँदै

काठमाडौं । ड्रोन र हात्तीको प्रयोग गरि मान्छेलाई आक्रमण गर्ने बाघको खोजी गर्ने तयारी गरिएको छ ।   आज...

सुदूरपश्चिमको मुख्यमन्त्रीमा कमलबहादुर शाहले गरे दाबी पेस

काठमाडौं । सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा नेपाली कांग्रेसका कमलबहादुर शाहले दाबी पेस गरेका छन् । आज बिहान बसेको कांग्रेस संसदीय...

वर्तमान गठबन्धन लामो समयसम्म टिक्छ : विमलेन्द्र निधी

काठमाडौं । नेपाली कांग्रेसका नेता विमलेन्द्र निधीले वर्तमान गठबन्धन लामो समयसम्म टिक्ने दाबी गरेका छन् ।   जनकपुरधामको श्रीराम...

बाग्मती किनारमा एक पुरूषको शव फेला

काठमाडौं । ललितपुरको कुपन्डोलस्थित बागमती नदी किनारमा एक जना पुरूषको शव फेला परेको छ।   आइतबार बिहान ८ बजेतिर...

.