मलाई जेलबाट निकाल्न मधेशवादी दलले भूमिका खेलेनन् : रेसम चौधरी


काठमाडौं । नागरिक उन्मुक्ति पार्टीका संरक्षक एवं नेता रेसम लाल चौधरीले मधेसवादी दलहरूले आफूसँग धोखाधडी गरेको आरोप लगाएका छन् । आइतबार जनकपुरधाममा आयोजित नागरिक उन्मुक्ति पार्टी र नेपाल सद्भावना पार्टीबिच एकीकरण कार्यक्रमलाई सम्बोधन गर्दै नेता चौधरीले आफू साढे वर्षसम्म जेलमा बस्दा यहाँका मधेसवादी दलले आफूलाई स्वीकार नगरेको बताएका हुन् ।
उनले भने जुन मधेसवादी दललाई मलाई जेलबाट चुनाव लडाउनेदेखि शपथ खुवाउने सम्मको हैसियत राखे त्यसले तिनीहरूले मेरो रिहाइका लागि किन गरेनन् । उनीहरूको चाल बुझेपछि आफू जेल बसाएकै क्रममा नागरिक उन्मुक्ति पार्टी गठन गरेर थरुहट प्रदेशमा १६ वटा सांसद जित्न सफल भए । नेता चौधरीले अहिले थरुहट प्रदेशमा शासन गरिरहेको आउँदो निर्वाचनमा मधेस प्रदेशमा अत्यधिक मतले जितेर मधेस सरकारको नेतृत्व गर्ने दाबी गरे । उनले भने अहिले नेपाल सद्भावना पार्टीसँग एकीकरण भएको छ । दुई चारवटा मधेसवादी दलहरू अझै सम्पर्क छन् उनीहरूसँग पनि एकीकरण गरी आउँदो निर्वाचनमा मधेसमा पनि नागरिक उन्मुक्ति पार्टीले आफ्नो सरकार बनाउनेछ ।
कार्यक्रममा नेपाल सद्भावना पार्टीका अध्यक्ष रामकुमार महतोले मधेस क्रान्तिको योद्धाको रूपमा नेता चौधरी पनि मधेसवादी दलबाट आबद्ध भएको क्रममा जेलमा बसे तर मधेसवादी दलहरूले उहाँलाई रिहा गराउनुको सट्टा चुनाव चुनावमा नाम भजाएर मत बटार्ने काम मात्र गरे । अहिलेको नागरिक उन्मुक्ति थारुहरूको हकहित मात्रै होइन मधेसी जनताको उन्मुक्तिका लागि समेत सक्रिय रहेको कारण आफूहरू एकीकरण गर्न बाध्य बताए । उनले भने नेपाल सद्भावना पार्टी र नागरिक उन्मुक्ति पार्टीको एकीकरणले आउँदो दिनमा मधेसलाई नयाँ दिनुका साथै निर्वाचनमा समेत राम्रो मत ल्याएर मधेस सरकारमा आफ्नो प्रतिनिधित्व जनाउने छ ।
एकीकरणका लागि महाधिवेशनसम्मका लागि दुवै दलबिच ३ बुँदे सहमति समेत भएको छ । सहमति अनुसार आगामी एकता महाधिवेशनसम्मका लागि एकीकृत पार्टीको नाम नागरिक उन्मुक्ति पार्टी नै रहनेछ, महाधिवेशनसम्म पार्टीको झन्डा, चुनाव चिन्ह, छाप र विधान नागरिक उन्मुक्ति पार्टीकै रहनेछ केन्द्रीय निकायदेखि स्थानीय तहसम्मका पदाधिकारी तथा सदस्यहरूको समायोजन दुवै पार्टी आन्तरिक सहमति अनुसार हुनेछ । सो एकीकरण कार्यक्रममा नेपाल सद्भावना पार्टीका महासचिव राजेन्द्र चौधरी र नागरिक उन्मुक्ति पार्टीका लक्ष्मण थारु लगायत दुवै पार्टीका केन्द्रीय, प्रादेशिक र जिल्ला स्तरीय नेता कार्यकर्ताहरूको उपस्थिति रहेको थियो ।
कर्णालीका नवनियुक्त मन्त्रीहरूले लिए शपथ
काठमाडौं । कर्णाली प्रदेश सरकारमा चार जना मन्त्रीहरूले पद तथा गोपनीयताको सपथ लिएका छन् । आइतबार प्रदेश प्रमुख...
साढे ८ किलो गाँजासहित महिला पक्राउ
काठमाडौं । बारामा साढे ८ किलो गाँजासहित एक जना महिला पक्राउ परेकी छन् । बर्दिया मधुवन नगरपालिका-७ बस्ने २५...
मान्छेमाथि आक्रमण गर्ने बाघको ड्रोन र हात्तीको प्रयोग गरि खोजिँदै
काठमाडौं । ड्रोन र हात्तीको प्रयोग गरि मान्छेलाई आक्रमण गर्ने बाघको खोजी गर्ने तयारी गरिएको छ । आज...
सुदूरपश्चिमको मुख्यमन्त्रीमा कमलबहादुर शाहले गरे दाबी पेस
काठमाडौं । सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा नेपाली कांग्रेसका कमलबहादुर शाहले दाबी पेस गरेका छन् । आज बिहान बसेको कांग्रेस संसदीय...
वर्तमान गठबन्धन लामो समयसम्म टिक्छ : विमलेन्द्र निधी
काठमाडौं । नेपाली कांग्रेसका नेता विमलेन्द्र निधीले वर्तमान गठबन्धन लामो समयसम्म टिक्ने दाबी गरेका छन् । जनकपुरधामको श्रीराम...
बाग्मती किनारमा एक पुरूषको शव फेला
काठमाडौं । ललितपुरको कुपन्डोलस्थित बागमती नदी किनारमा एक जना पुरूषको शव फेला परेको छ। आइतबार बिहान ८ बजेतिर...