सुन तस्करी छानबिनका लागि उच्चस्तरीय समिति गठन गर्न संसदीय समितिको ध्यानाकर्षण

स्टार संवाददाता
स्टार संवाददाता

काठमाडौं । प्रतिनिधि सभाअन्तर्गत सार्वजनिक लेखा समितिले सुन तस्करी प्रकरणबारे छानबिनका लागि उच्चस्तरीय छानबिन समिति गठन गर्न सरकारको ध्यानाकर्षण गराएको छ । आइतबार सिंहदरबारमा बसेको संसदीय समितिले सुन तस्करी प्रकरणबारे निष्पक्ष छानबिन गर्नका लागि उच्चस्तरीय छानबिन समिति बनाउनुपर्ने भन्दै सरकारको ध्यानाकर्षण गराएको हो ।

 

समितिको बैठकपछि न्युज एजेन्सी नेपालसँग कुरा गर्दै समिति सचिव एकराम गिरीले विमानस्थलबाट गैरकानूनी रुपमा भित्रिएको सुन प्रकरणमाथि स्वतन्त्र, निष्पक्ष छानबिन गर्न अधिकार सम्पन्न एक उच्चस्तरीय छानबिन समिति गठन गर्न सरकारलाई ध्यानाकर्षण गराउने निर्णय भएको जानकारी दिए ।

 

समितिका ज्येष्ठ सदस्य अर्जुननर सिंह केसीको अध्यक्षतामा बसेको बैठकमा सांसद्हरुले सुन तस्करीमा संलग्नलाई कानूनी दायरामा ल्याउनुपर्ने बताएका थिए । समिति बनेको तीन महिना बितिसक्दा पनि समितिले नेतृत्व नपाएको भन्दै उठेका सांसदहरुको अवाजमा समितिको ध्यानाकर्षण भएको बताए ।

कर्णालीका नवनियुक्त मन्त्रीहरूले लिए शपथ

काठमाडौं । कर्णाली प्रदेश सरकारमा चार जना मन्त्रीहरूले पद तथा गोपनीयताको सपथ लिएका छन् ।   आइतबार प्रदेश प्रमुख...

साढे ८ किलो गाँजासहित महिला पक्राउ

काठमाडौं । बारामा साढे ८ किलो गाँजासहित एक जना महिला पक्राउ परेकी छन् । बर्दिया मधुवन नगरपालिका-७ बस्ने २५...

मान्छेमाथि आक्रमण गर्ने बाघको ड्रोन र हात्तीको प्रयोग गरि खोजिँदै

काठमाडौं । ड्रोन र हात्तीको प्रयोग गरि मान्छेलाई आक्रमण गर्ने बाघको खोजी गर्ने तयारी गरिएको छ ।   आज...

सुदूरपश्चिमको मुख्यमन्त्रीमा कमलबहादुर शाहले गरे दाबी पेस

काठमाडौं । सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा नेपाली कांग्रेसका कमलबहादुर शाहले दाबी पेस गरेका छन् । आज बिहान बसेको कांग्रेस संसदीय...

वर्तमान गठबन्धन लामो समयसम्म टिक्छ : विमलेन्द्र निधी

काठमाडौं । नेपाली कांग्रेसका नेता विमलेन्द्र निधीले वर्तमान गठबन्धन लामो समयसम्म टिक्ने दाबी गरेका छन् ।   जनकपुरधामको श्रीराम...

बाग्मती किनारमा एक पुरूषको शव फेला

काठमाडौं । ललितपुरको कुपन्डोलस्थित बागमती नदी किनारमा एक जना पुरूषको शव फेला परेको छ।   आइतबार बिहान ८ बजेतिर...

.