नेपालको शिक्षा क्षेत्र ध्वस्त भएको छ : अध्यक्ष यादव


काठमाडौं । जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले नेपालको शिक्षा क्षेत्र ध्वस्त भएको बताएका छन् । आइतबार समाजवादी मोर्चा निकट विद्यार्थी संगठनहरुले आयोजना गरेको अन्तरक्रियामा बोल्दै अध्यक्ष यादवले नेपालको शिक्षा क्षेत्र ध्वस्त भएको बताएका हुन् ।
उनले नेपालको शिक्षा क्षेत्र अराजक र बेवारिसे भएको पनि बताए । उनले सरकारले लगानी गरेको विद्यालय, क्याम्पस र विश्वविद्यालयहरूमा पढ्ने विद्यार्थी नै पाउन छोडिसकिएको बताए । उनले देश प्रगतिको मुख्य आधार नै शिक्षा भएको उल्लेख गर्दै शिक्षा क्षेत्रमा आमूल परिवर्तनको आवश्यकता रहेको बताए । उनले नेपालको संविधानमा समाजवाद उन्मुख लेखिएको भए पनि व्यवहार भने विकृत पुँजीवादको उन्मुख भएको बताएका छन् ।
त्यसै गरी सरकारको नीति, कार्यक्रम र बजेट कर्मचारीले बनाउने गरेको उल्लेख गर्दै उनले कर्मचारीले बनाएको नीतिको आधारमा समाजवाद नआउने बताए । राजनीतिक व्यक्ति, समाजवादी चिन्तक र बौद्धिक वर्गहरूले देशको नीति, योजना र कानुन बनाउनुपर्नेमा उनको जोड थियो । उनले गुणस्तरीय शिक्षा दिने मुलुकहरूले नै प्रगति गर्ने भन्दै गुणस्तरीय शिक्षा दिनुपर्नेमा जोड दिएका थिए ।
कर्णालीका नवनियुक्त मन्त्रीहरूले लिए शपथ
काठमाडौं । कर्णाली प्रदेश सरकारमा चार जना मन्त्रीहरूले पद तथा गोपनीयताको सपथ लिएका छन् । आइतबार प्रदेश प्रमुख...
साढे ८ किलो गाँजासहित महिला पक्राउ
काठमाडौं । बारामा साढे ८ किलो गाँजासहित एक जना महिला पक्राउ परेकी छन् । बर्दिया मधुवन नगरपालिका-७ बस्ने २५...
मान्छेमाथि आक्रमण गर्ने बाघको ड्रोन र हात्तीको प्रयोग गरि खोजिँदै
काठमाडौं । ड्रोन र हात्तीको प्रयोग गरि मान्छेलाई आक्रमण गर्ने बाघको खोजी गर्ने तयारी गरिएको छ । आज...
सुदूरपश्चिमको मुख्यमन्त्रीमा कमलबहादुर शाहले गरे दाबी पेस
काठमाडौं । सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा नेपाली कांग्रेसका कमलबहादुर शाहले दाबी पेस गरेका छन् । आज बिहान बसेको कांग्रेस संसदीय...
वर्तमान गठबन्धन लामो समयसम्म टिक्छ : विमलेन्द्र निधी
काठमाडौं । नेपाली कांग्रेसका नेता विमलेन्द्र निधीले वर्तमान गठबन्धन लामो समयसम्म टिक्ने दाबी गरेका छन् । जनकपुरधामको श्रीराम...
बाग्मती किनारमा एक पुरूषको शव फेला
काठमाडौं । ललितपुरको कुपन्डोलस्थित बागमती नदी किनारमा एक जना पुरूषको शव फेला परेको छ। आइतबार बिहान ८ बजेतिर...