आगामी मन्त्रिपरिषद् बैठकले शिक्षा ऐनलाई संसदमा पठाउँछ : मन्त्री राई


काठमाडौं । शिक्षा तथा विज्ञान, प्रविधिमन्त्री अशोककुमार राईले आगामी मन्त्रिपरिषद् बैठकले संघीय शिक्षा ऐनलाई संसदमा पठाउने बताएका छन् । आइतबार समाजवादी मोर्चा निकट विद्यार्थी संगठनहरुले आयोजना गरेको अन्तरक्रियामा बोल्दै मन्त्री राईले मंगलवार बस्ने मन्त्रिपरिषद् बैठकले संघीय शिक्षा ऐन पारित गरेर संसदमा पठाउने बताएका हुन् ।
उनले सो ऐनले माध्यामिक शिक्षा सञ्चालन गर्ने अधिकार स्थानीय तहलाई दिएको उल्लेख गरे । त्यस्तै शिक्षण पेशालाई सम्मानजनक र गुणात्मक बनाउनेगरी आएको पनि उल्लेख गरेका छन् । उनले ऐनले संविधानको व्यवस्था अनुरुपको निःशुल्क र अनिवार्य शिक्षालाई कार्यान्वयनको सुनिश्चितताको लागि प्रयास गरेको पनि बताए ।
मन्त्री राईले अब आफ्नो प्राथमिकता उच्च शिक्षा सम्बन्धी छाता ऐन ल्याउनु भएको बताए । त्यसको निम्ति आफू प्रयासरत रहने उनको भनाई छ ।
कर्णालीका नवनियुक्त मन्त्रीहरूले लिए शपथ
काठमाडौं । कर्णाली प्रदेश सरकारमा चार जना मन्त्रीहरूले पद तथा गोपनीयताको सपथ लिएका छन् । आइतबार प्रदेश प्रमुख...
साढे ८ किलो गाँजासहित महिला पक्राउ
काठमाडौं । बारामा साढे ८ किलो गाँजासहित एक जना महिला पक्राउ परेकी छन् । बर्दिया मधुवन नगरपालिका-७ बस्ने २५...
मान्छेमाथि आक्रमण गर्ने बाघको ड्रोन र हात्तीको प्रयोग गरि खोजिँदै
काठमाडौं । ड्रोन र हात्तीको प्रयोग गरि मान्छेलाई आक्रमण गर्ने बाघको खोजी गर्ने तयारी गरिएको छ । आज...
सुदूरपश्चिमको मुख्यमन्त्रीमा कमलबहादुर शाहले गरे दाबी पेस
काठमाडौं । सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा नेपाली कांग्रेसका कमलबहादुर शाहले दाबी पेस गरेका छन् । आज बिहान बसेको कांग्रेस संसदीय...
वर्तमान गठबन्धन लामो समयसम्म टिक्छ : विमलेन्द्र निधी
काठमाडौं । नेपाली कांग्रेसका नेता विमलेन्द्र निधीले वर्तमान गठबन्धन लामो समयसम्म टिक्ने दाबी गरेका छन् । जनकपुरधामको श्रीराम...
बाग्मती किनारमा एक पुरूषको शव फेला
काठमाडौं । ललितपुरको कुपन्डोलस्थित बागमती नदी किनारमा एक जना पुरूषको शव फेला परेको छ। आइतबार बिहान ८ बजेतिर...