नगर प्रमुख बाजि सिंह खड्काद्वारा खातिवडा स्वास्थ्य चौकीको एम्बुलेन्स  हस्तान्तरण 

स्टार संवाददाता
स्टार संवाददाता

दिपायल । दिपायल सिलगढी नगरपालिका–२ अन्तर्गत खातिवडा स्वास्थ्य चौकीको एम्बुलेन्स दिपायल सिलगढी नगरपालिकाका नगर प्रमुख बाजि सिंह खड्काले हस्तान्तरण गरेका छन्  ।

 

आइतबार  दिपायल सिलगढी नगरपालिकाको कार्यालयमा आयोजना भएको एम्बुलेन्स हस्तान्तरण तथा उद्घाटन कार्यक्रममा बिधिवत ढङ्गबाट पूजापाठ गरी नगर प्रमुख खड्का र नगर उपप्रमुख कलावति महर साउँदले दिपायल सिलगढी नगरपालिका वडा नं २ का वडा अध्यक्ष राजेन्द्र  खडकालाई एम्बुलेन्स हस्तान्तरण गरेका हुन्  ।  दिपायल सिलगढी नगरपालिका वडा नं २ को आर्थिक वर्ष २०७९/०८० को  विनियोजित बजेट १६ लाख र दिपायल सिलगढी नगरपालिकाको थप ६ लाख  रकमबाट खातिवडा स्वास्थ्य चौकीका लागि एम्बुलेन्स खरिद गरिएको थियो ।

 

वडाका बिरामीहरूले झेल्दै आएको एम्बुलेन्स सेवाको समस्या समाधान गर्न र चुनावि दौरानमा आफूले जनतासँग बोलेको बाचा पुरा गर्न एम्बुलेन्स खरिद गरिएको  दिपायल सिलगढी नगरपालिका वडा नं २ का वडा अध्यक्ष राजेन्द्र खड्काले जानकारी दिए ।

कर्णालीका नवनियुक्त मन्त्रीहरूले लिए शपथ

काठमाडौं । कर्णाली प्रदेश सरकारमा चार जना मन्त्रीहरूले पद तथा गोपनीयताको सपथ लिएका छन् ।   आइतबार प्रदेश प्रमुख...

साढे ८ किलो गाँजासहित महिला पक्राउ

काठमाडौं । बारामा साढे ८ किलो गाँजासहित एक जना महिला पक्राउ परेकी छन् । बर्दिया मधुवन नगरपालिका-७ बस्ने २५...

मान्छेमाथि आक्रमण गर्ने बाघको ड्रोन र हात्तीको प्रयोग गरि खोजिँदै

काठमाडौं । ड्रोन र हात्तीको प्रयोग गरि मान्छेलाई आक्रमण गर्ने बाघको खोजी गर्ने तयारी गरिएको छ ।   आज...

सुदूरपश्चिमको मुख्यमन्त्रीमा कमलबहादुर शाहले गरे दाबी पेस

काठमाडौं । सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा नेपाली कांग्रेसका कमलबहादुर शाहले दाबी पेस गरेका छन् । आज बिहान बसेको कांग्रेस संसदीय...

वर्तमान गठबन्धन लामो समयसम्म टिक्छ : विमलेन्द्र निधी

काठमाडौं । नेपाली कांग्रेसका नेता विमलेन्द्र निधीले वर्तमान गठबन्धन लामो समयसम्म टिक्ने दाबी गरेका छन् ।   जनकपुरधामको श्रीराम...

बाग्मती किनारमा एक पुरूषको शव फेला

काठमाडौं । ललितपुरको कुपन्डोलस्थित बागमती नदी किनारमा एक जना पुरूषको शव फेला परेको छ।   आइतबार बिहान ८ बजेतिर...

.