कञ्चनपुरको बेलौरी नगरपालिकामा लागु औषध बिरुद्धको महाअभियान शुभारम्भ

स्टार संवाददाता
स्टार संवाददाता

काठमाडाैं । कञ्चनपुर- सीमावर्ती सुदूरपश्चिम कञ्चनपुरको पुरानो सदरमुकाम बेलौरीमा लागु औषध बिरुद्धको महाअभियान शुरु भएको छ। शुक्रबारदेखि बेलौरी नगरपालिकामा लागु औषध बिरुद्धको महाअभियान शुरु भएको हो ।

 

भारतसंग सीमा जोडिएको बेलौरीमा पछिल्ला बर्षहरुमा लागु औषध ओसारपसार, कारोबार एवं सेवनका घटना बढ्दै गएपछी बेलौरी स्थानीय सरकारले लागु औषध बिरुद्धको अभियान शुरु गरेको छ । लागु औषध बिरुद्धको महाअभियान उद्घाटन समारोहको अध्यक्षतामा समेत ग्रहण गरेका बेलौरी नगरका मेयर पोतिलाल चौधरीले समाजमा विकराल रुपमा देखिएको लागु औषध नियन्त्रणका लागि अभियान थालिएको बताए । भारतसंग प्रत्यक्ष सीमा जोडिएको बेलौरीमा लागु औषधका कुनैपनि कारोबार सेवन एवं ओसारपसार नियन्त्रणका लागि अभियान थालिएको मेयर चौधरीले बताएका हुन्।

 

हालसालकै बर्षहरुमा बेलौरीका ९१ जना स्थानीय युवा लागु औषधको मुद्दा खेपिरहेको र बेलौरी क्षेत्रको भूगोलबाट झण्डै २ सय जना पक्राउ गरिएको बताए । ‘मेयर चौधरीले भने, ‘आजदेखि हामीले अभियान शुरु गरेका छौँ,बेलौरीका १० वटै वडा र सबै बस्तीहरुमा सरोकारवाला सँग समन्वय गरेर थप बस्ती स्तरमा सचेतनामुलक कार्यक्रम गछौँ ।’

 

कार्यक्रममा विभिन्न क्षेत्रका हजारौँको सहभागिता रहेको थियो । स्थानीय नागरिक सहित जिल्ला प्रदेशका सरोकारवालाले बेलौरीले सचालन गरेको अभियान सहृानिय भएकोले निरन्तरता दिइएको छ ।

कर्णालीका नवनियुक्त मन्त्रीहरूले लिए शपथ

काठमाडौं । कर्णाली प्रदेश सरकारमा चार जना मन्त्रीहरूले पद तथा गोपनीयताको सपथ लिएका छन् ।   आइतबार प्रदेश प्रमुख...

साढे ८ किलो गाँजासहित महिला पक्राउ

काठमाडौं । बारामा साढे ८ किलो गाँजासहित एक जना महिला पक्राउ परेकी छन् । बर्दिया मधुवन नगरपालिका-७ बस्ने २५...

मान्छेमाथि आक्रमण गर्ने बाघको ड्रोन र हात्तीको प्रयोग गरि खोजिँदै

काठमाडौं । ड्रोन र हात्तीको प्रयोग गरि मान्छेलाई आक्रमण गर्ने बाघको खोजी गर्ने तयारी गरिएको छ ।   आज...

सुदूरपश्चिमको मुख्यमन्त्रीमा कमलबहादुर शाहले गरे दाबी पेस

काठमाडौं । सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा नेपाली कांग्रेसका कमलबहादुर शाहले दाबी पेस गरेका छन् । आज बिहान बसेको कांग्रेस संसदीय...

वर्तमान गठबन्धन लामो समयसम्म टिक्छ : विमलेन्द्र निधी

काठमाडौं । नेपाली कांग्रेसका नेता विमलेन्द्र निधीले वर्तमान गठबन्धन लामो समयसम्म टिक्ने दाबी गरेका छन् ।   जनकपुरधामको श्रीराम...

बाग्मती किनारमा एक पुरूषको शव फेला

काठमाडौं । ललितपुरको कुपन्डोलस्थित बागमती नदी किनारमा एक जना पुरूषको शव फेला परेको छ।   आइतबार बिहान ८ बजेतिर...

.