माटो सुहाउँदो वित्तीय सुशासन कायम गर्न नेपाल प्रतिबद्ध छ : अर्थमन्त्री डा.महत
काठमाडाैं । अर्थमन्त्री डा. प्रकाशशरण महतले नेपाली माटो सुहाउँदो वित्तीय सुशासन र पारदर्शिता सुधार गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।
अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) का एशिया प्रशान्त हेर्ने उपप्रबन्ध निर्देशक बो लीसँगकाे भेटमा महतले नेपालको आवश्यकता बुझिदिन आग्रह गरे ।
‘वित्तीय सुशासन, पारदर्शिताप्रति प्रतिबद्ध छौँ । तर सबै कुरा भनिएजस्तो हुँदैन’, अर्थमन्त्री डा. महतले भने, ‘हाम्रो आफ्नै संरचना पनि छन् । बुझाइमा समस्या छ ।’ उनले के काम गर्ने भन्नेमा स्पष्ट रहेको बताए ।
जवाफमा उपनिर्देशक बो लीले सुधारको कुराप्रति सकारात्मक रहेको प्रतिक्रिया दिए। ‘हामीले सुधार गर भन्ने नै हो’, उनले भने ।
दुईबीचकाे भेटमा विस्तारित कर्जा सुविधा (ईसीएफ)लिँदा नेपालले राष्ट्र बैंक ऐन संशोधन, वित्तीय क्षेत्रमा सुधार, मौद्रिक नीतिमा सुधार लगायतका विषयमा छलफल भएको थियो ।
छलफलका क्रममा अर्थसचिव कृष्णहरि पुष्कर र नेपाल राष्ट्र बैंकका गर्भनर महाप्रसाद अधिकारी पनि उपस्थित थिए ।
कर्णालीका नवनियुक्त मन्त्रीहरूले लिए शपथ
काठमाडौं । कर्णाली प्रदेश सरकारमा चार जना मन्त्रीहरूले पद तथा गोपनीयताको सपथ लिएका छन् । आइतबार प्रदेश प्रमुख...
साढे ८ किलो गाँजासहित महिला पक्राउ
काठमाडौं । बारामा साढे ८ किलो गाँजासहित एक जना महिला पक्राउ परेकी छन् । बर्दिया मधुवन नगरपालिका-७ बस्ने २५...
मान्छेमाथि आक्रमण गर्ने बाघको ड्रोन र हात्तीको प्रयोग गरि खोजिँदै
काठमाडौं । ड्रोन र हात्तीको प्रयोग गरि मान्छेलाई आक्रमण गर्ने बाघको खोजी गर्ने तयारी गरिएको छ । आज...
सुदूरपश्चिमको मुख्यमन्त्रीमा कमलबहादुर शाहले गरे दाबी पेस
काठमाडौं । सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा नेपाली कांग्रेसका कमलबहादुर शाहले दाबी पेस गरेका छन् । आज बिहान बसेको कांग्रेस संसदीय...
वर्तमान गठबन्धन लामो समयसम्म टिक्छ : विमलेन्द्र निधी
काठमाडौं । नेपाली कांग्रेसका नेता विमलेन्द्र निधीले वर्तमान गठबन्धन लामो समयसम्म टिक्ने दाबी गरेका छन् । जनकपुरधामको श्रीराम...
बाग्मती किनारमा एक पुरूषको शव फेला
काठमाडौं । ललितपुरको कुपन्डोलस्थित बागमती नदी किनारमा एक जना पुरूषको शव फेला परेको छ। आइतबार बिहान ८ बजेतिर...