स्वास्थ्यदेखि संस्कृतिसम्म यस्तो छ जमराको महत्व

स्टार संवाददाता
स्टार संवाददाता

काठमाडौं ।  आजबाट नेपालीहरुको महान चाड दशैँ सुरु भएको छ । मानिसहरुले घरघरमा घटस्थापना गरी पूजाकोठामा गहुँ, जौ आदिको बीजद्वारा जमरा राख्ने गर्दछन् । जमरा दसैँमा नयाँ फूलका रुपमा घटस्थापनादेखि नौ दिनसम्म विशेष पूजा गरी विजया दशमीको दिन भगवतीलाई अर्पण गरी प्रसादका रुपमा टीका र जमरा लगाइन्छ ।

 

जमराको महत्व दशैँमा विशेष छ भन्ने त सबैलाई थाहै छ तर यो मानिसहरुको स्वास्थ्यका लागि पनि उत्तिक महत्वपूर्ण छ भन्ने थाहा पाउँदा भने हामीलाई अचम्म लाग्न सक्छ । नौदिनसम्म राखेको जमराको रस बनाएर ग्रहरण गरेमा असाध्यभन्दा असाध्य रोगहरू निको हुन्छन् । औषधीय गुणका रुपमा जमरालाई महौषधि पनि भनिएको छ । जमराको जुस सेवनले हाम्रो शरीरमा रोगप्रतिरोधात्मक क्षमता बढाउछ । विभिन्न किसिमका रोगको उपचार गराउन सक्छ जमराले । नौरथामा जमराको रस खाने कुराहरु उल्लेख नगरे पनि अहिले विश्लेषण गर्दा जमरामा रहेको त्यो औषधीय गुणको महत्व पनि बाहिर आयो ।

 

क्लोरोफिन, अमिनो एसिड, मिनेरल्स, भिटामिन ए, भिटामिन बि कम्प्लेक्स जस्ता विभिन्न किसिमका भिटामिनहरु लगायतका तत्वहरु यसमा पाइन्छ । जमरामा एन्टिअक्सिडेन्ट, एन्टिब्याक्टेरियल, एन्टिक्यान्सर जस्ता गुण पाइन्छ । वैदिक ग्रन्थमा जौलाई रोग दूर गर्ने, यज्ञयज्ञादीमा उपयोगी, बल र प्राणलाई पुष्ट पार्ने ओजको सम्पादक वस्तुको रूपमा लिइएको छ । यसैकारण होला यज्ञयज्ञादीमा जौको प्रयोग प्रशस्त मात्रामा गरिएको पाइन्छ । पौराणिक ग्रन्थमा जौलाई अन्नको राजा मानिएको छ । भारतमा चिकित्सकहरूले गरेको जमराको प्रयोगबाट पेट, आन्द्रा, हाड एवं अन्य रोगहरूलाई समेत फाइदा पुर्‍याएको बताएका छन् ।

 

निधारमा विजयस्वरूप टीका लगाएर जमरा शिरमा राख्यो भने यसले शीतलता प्राप्त गराउँछ । विभिन्न प्रकारका रोगव्याधी र कष्टहरू मेटिएर जान्छन् । जौलाई संस्कृतमा यव भनिन्छ । खाद्य पदार्थको दृष्टिले पौष्टिक पदार्थ हो भने जौलाई स्वास्थ्यको दृष्टिले पनि औषधिको रूप मानिन्छ ।

कर्णालीका नवनियुक्त मन्त्रीहरूले लिए शपथ

काठमाडौं । कर्णाली प्रदेश सरकारमा चार जना मन्त्रीहरूले पद तथा गोपनीयताको सपथ लिएका छन् ।   आइतबार प्रदेश प्रमुख...

साढे ८ किलो गाँजासहित महिला पक्राउ

काठमाडौं । बारामा साढे ८ किलो गाँजासहित एक जना महिला पक्राउ परेकी छन् । बर्दिया मधुवन नगरपालिका-७ बस्ने २५...

मान्छेमाथि आक्रमण गर्ने बाघको ड्रोन र हात्तीको प्रयोग गरि खोजिँदै

काठमाडौं । ड्रोन र हात्तीको प्रयोग गरि मान्छेलाई आक्रमण गर्ने बाघको खोजी गर्ने तयारी गरिएको छ ।   आज...

सुदूरपश्चिमको मुख्यमन्त्रीमा कमलबहादुर शाहले गरे दाबी पेस

काठमाडौं । सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा नेपाली कांग्रेसका कमलबहादुर शाहले दाबी पेस गरेका छन् । आज बिहान बसेको कांग्रेस संसदीय...

वर्तमान गठबन्धन लामो समयसम्म टिक्छ : विमलेन्द्र निधी

काठमाडौं । नेपाली कांग्रेसका नेता विमलेन्द्र निधीले वर्तमान गठबन्धन लामो समयसम्म टिक्ने दाबी गरेका छन् ।   जनकपुरधामको श्रीराम...

बाग्मती किनारमा एक पुरूषको शव फेला

काठमाडौं । ललितपुरको कुपन्डोलस्थित बागमती नदी किनारमा एक जना पुरूषको शव फेला परेको छ।   आइतबार बिहान ८ बजेतिर...

.