प्यालेस्टाइनको गाजापट्टीमा थप आक्रमण गर्ने इजरायलको तयारी

स्टार संवाददाता
स्टार संवाददाता

काठमाडौं । इजरायल र हमासबीचको युद्ध जारी रहेकै बेला इजरायलले प्यालेस्टाइनको गाजापट्टीमा जमीन, वायु र समुद्रबाट थप आक्रमण गर्ने तयारी गरेको छ । इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले गाजापट्टीका अग्रपंक्तीका सुरक्षाकर्मीहरुलाई इजरायल आक्रमणको सामना गर्न तयार रहन चेतावनी दिएको छ ।

 

साथै उनले उत्तरी गाजामा बसोबास गर्ने ११ लाख प्यालेस्टाइनहरुलाई सो भूमी छोड्न अपिल गरेका छन । उत्तरी गाजाबाट पलायन हुने क्रममा रहेका सवरीसाधनमाथि इजरायलले गरेको आक्रमणमा थुप्रै बालबालिका र महिलाहरुका मारिएका छन् । हमासले गत साता बन्धक बनाएको इजरायली लगायत बिभिन्न देशका १ सय ५० जनाको अवस्था अज्ञात छ ।

 

इजरायलमा गत साता हमासले गरेको आक्रमणमा १३ सयको मृत्यु भएको र इजरायलले गाजापट्टीमा गरेको जवाफी कारवाहीमा २२ सय जनाको मृत्यु भइसकेको छ । यसैबीच अमेरिकी राष्ट्रपति जो बाइडेनले इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहु र प्यालेस्टाइनी नेता मोहमद अब्बाससँग कुराकानी गरेका छन । इजरायलको साथ दिने बचन दिएको अमेरिकाले युद्धमा इजरायललाई सैन्य सामग्रीहरु उपलब्ध गराइसकेको छ ।

कर्णालीका नवनियुक्त मन्त्रीहरूले लिए शपथ

काठमाडौं । कर्णाली प्रदेश सरकारमा चार जना मन्त्रीहरूले पद तथा गोपनीयताको सपथ लिएका छन् ।   आइतबार प्रदेश प्रमुख...

साढे ८ किलो गाँजासहित महिला पक्राउ

काठमाडौं । बारामा साढे ८ किलो गाँजासहित एक जना महिला पक्राउ परेकी छन् । बर्दिया मधुवन नगरपालिका-७ बस्ने २५...

मान्छेमाथि आक्रमण गर्ने बाघको ड्रोन र हात्तीको प्रयोग गरि खोजिँदै

काठमाडौं । ड्रोन र हात्तीको प्रयोग गरि मान्छेलाई आक्रमण गर्ने बाघको खोजी गर्ने तयारी गरिएको छ ।   आज...

सुदूरपश्चिमको मुख्यमन्त्रीमा कमलबहादुर शाहले गरे दाबी पेस

काठमाडौं । सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा नेपाली कांग्रेसका कमलबहादुर शाहले दाबी पेस गरेका छन् । आज बिहान बसेको कांग्रेस संसदीय...

वर्तमान गठबन्धन लामो समयसम्म टिक्छ : विमलेन्द्र निधी

काठमाडौं । नेपाली कांग्रेसका नेता विमलेन्द्र निधीले वर्तमान गठबन्धन लामो समयसम्म टिक्ने दाबी गरेका छन् ।   जनकपुरधामको श्रीराम...

बाग्मती किनारमा एक पुरूषको शव फेला

काठमाडौं । ललितपुरको कुपन्डोलस्थित बागमती नदी किनारमा एक जना पुरूषको शव फेला परेको छ।   आइतबार बिहान ८ बजेतिर...

.