चाडपर्व नजिकिँदै गर्दा उपत्यकामा बढ्न थाल्यो चोरी र लुटपाटका घटना

स्टार संवाददाता
स्टार संवाददाता

काठमाडौं । चाडपर्व नजिकिएसँगै चोरी र लुटपाटका घटना बढ्न थालेका छन् । सार्वजनिक यातायातमा लुटपाट गर्ने देखि घरमा कोहि नभएको मौकाछोपी घरभित्रै पसेर चोरी गर्ने समूह सक्रिय हुन थालेको छ । साथै मोटरसाइकल र पसहरुमा समेत लुटपाट हुन थालेको प्रहरीको भनाई छ ।

 

चाड पर्व नजिकिँदै गर्दा काठमाडौं उपत्यकामा चोरीका घटना बढ्न थालेका छन् । घरमा कोही नभएको मौका छोपी दिउँसै ताला फुटाएर तथा मोटरसाइकल चोरी, एवं सर्वजिक यातायतमा लुटपाट गर्ने समूहको समेत सक्रियता बढ्न थालेको हो । चाडपर्व मनाउन उपत्यका छाड्ने तथा बजारमा मानिसहरुको किनमेल बढ्ने हुँदा यातायातका पनि भिडभाड हुने गर्दछ ।

 

यस्तो मौका छोपेर मोवाइल, पर्स, सिक्रीलगाएतका मानिसले दैनिक रुपमा प्रयोग ल्याउने बस्तुहरु लुट्ने लुटेराहरु पनि सक्रिय हुने गर्दछन् । यस्तै उदाहरण काठमाडौंमा बिहीबार देखिएको थियो । तुलसापोखरेल नाम गरेकी वृद्ध महिला बालाजु माछापोखरीबाट ग्वाको जानको लागि सर्वजनिक यातायात चढ्छिन् । ८१ वर्षीया उनी गौशाला आइपुग्दा तराई मुलका केहि हुल महिला पनि उक्त बसमा चढ्छन् बस यात्रुहरुले खचाखच हुन्छ त्यसैको मौका छोपेर उक्त वृद्ध महिलाको घाँटी बाट सिक्रि निकालिन्छ ।

 

बृद्ध महिलाले आफ्नो शारिमाथि कसैले हात राखेको अनुभव गर्छिन् र घाँटीमा छाम्दा उक्त सिक्रि चुटाएको अवस्था रहेको कुरा यसरी सुनाउछिन् । यो त एक उदाहरण मात्रै हो, यस्ता किसिमका घटना दैनिक जसो सार्वजनिक यातायातमा हुने गर्दछन् । अझ चाडपर्वको बेला यो काम बढि हुने गर्दछ । यसैबीच यो वर्ष उपत्यकामा चोरीका घटना देखिन थाले पछि प्रहरीले विशेष सुरक्षा योजना लागू गरेको छ । खासगरी चक्रपथ र चक्रपथ बाहिरका एकान्त बस्तीमा चोरी र लुटपाट हुन थालेको प्रहरीले जनाएको छ ।

 

 

काठमाडौं उपत्यका प्रहरी कार्यालयले चाडपर्वको समयमा चोरी लगायत अपराध बढ्न सक्ने भएकाले उच्च सतर्कता अपनाउन मातहतका प्रहरीलाई परिपत्र गरेको समेत बताएको छ । उपत्यका प्रहरी कार्यालयका प्रमुख एआइजी दीपक थापाका अनुसार चाडपर्वलाई थप जनशक्तिसमेत माग गरी विशेष सुरक्षा योजना बनाइएको जानकारी दिए ।

 

साथै उपत्यका प्रहरी कार्यालयले नजिकिँदै गरेको बडादसैँ, दीपावली, नेपाल संवत् तथा छठ पर्वको अवधिभर कालोबजारी बढ्न सक्ने तथा अन्य अपराध बढ्न सक्ने भएकाले न्यूनीकरणका लागि जनचेतनामूलक पर्चा–पम्प्लेट बनाएर वितरणसमेत गरेको छ । खाने कुरामा बेहोस हुने औषधि मिसाएर लुटपाट गर्ने, सार्वजनिक यातायातमा चढ्ने मानिसका मोवाइल, गरगहना लुट्नेहरुविरुद्ध सतर्क हुन र शंकास्पद ब्यक्तिहरु देखिए प्रहरीलाई सम्पर्क गर्न समेत आग्रहगरिएको छ ।

कर्णालीका नवनियुक्त मन्त्रीहरूले लिए शपथ

काठमाडौं । कर्णाली प्रदेश सरकारमा चार जना मन्त्रीहरूले पद तथा गोपनीयताको सपथ लिएका छन् ।   आइतबार प्रदेश प्रमुख...

साढे ८ किलो गाँजासहित महिला पक्राउ

काठमाडौं । बारामा साढे ८ किलो गाँजासहित एक जना महिला पक्राउ परेकी छन् । बर्दिया मधुवन नगरपालिका-७ बस्ने २५...

मान्छेमाथि आक्रमण गर्ने बाघको ड्रोन र हात्तीको प्रयोग गरि खोजिँदै

काठमाडौं । ड्रोन र हात्तीको प्रयोग गरि मान्छेलाई आक्रमण गर्ने बाघको खोजी गर्ने तयारी गरिएको छ ।   आज...

सुदूरपश्चिमको मुख्यमन्त्रीमा कमलबहादुर शाहले गरे दाबी पेस

काठमाडौं । सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा नेपाली कांग्रेसका कमलबहादुर शाहले दाबी पेस गरेका छन् । आज बिहान बसेको कांग्रेस संसदीय...

वर्तमान गठबन्धन लामो समयसम्म टिक्छ : विमलेन्द्र निधी

काठमाडौं । नेपाली कांग्रेसका नेता विमलेन्द्र निधीले वर्तमान गठबन्धन लामो समयसम्म टिक्ने दाबी गरेका छन् ।   जनकपुरधामको श्रीराम...

बाग्मती किनारमा एक पुरूषको शव फेला

काठमाडौं । ललितपुरको कुपन्डोलस्थित बागमती नदी किनारमा एक जना पुरूषको शव फेला परेको छ।   आइतबार बिहान ८ बजेतिर...

.