मुगुमा जुवाखालबाट १९ जना पक्राउ, ७० हजार रुपैयाँ जफत
काठमाडौं । मुगुको छायाँनाथ रारा नगरपालिकाभित्रका विभिन्न ठाउँबाट १९ जना जुवाडे पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय मुगुले शनिबार असोज २७ गते छायाँनाथ रारा नगरपालिकाको गमगढीबाट उनिहरुलाई पक्राउ गरेको हो ।
जिल्ला प्रहरी कार्यालय मुगुका डिएसपी बिरेन्द्र थापाले जुवा खेलबाट १९ जनालाई पक्राउ गरेको जानकारी दिए । मुगुको गमगढीमा रहेको ग्रान्ड होटल र टप टाउन होटल गरेर फरक–फरक ठाउँबाट १९ जना जुवाडेलाई पक्राउ गरेको छ । साथै प्रहरीले दुईवटाको समूहको साथबाट ५७ हजार ७० रुपैयाँ र १३ हजार ६ सय ५० रुपैयाँ गरि जम्मा ७० हजार ७ सय २० रुपैयाँ नगद समेत जफत गरेको छ ।
प्रहरीले शनिबार साँझ ५ बजेदेखि ६ बजेको सयममा उनिहरुलाई पक्राउ गरेको जनाएको छ । स्रोतका अनुसार जुवाखालबाट पक्राउ पर्नेमा १९ जनाभित्र छायानाथ रारा नगरपालिका–१४ का वडा अध्यक्ष जुनबहादुर खड्का पनि रहेका छन् । उनि केही दिन अगाडी छायानाथ रारा नगरपालिकाको कार्यबहाक नगरप्रमुख समेत बनेका थिए ।
कर्णालीका नवनियुक्त मन्त्रीहरूले लिए शपथ
काठमाडौं । कर्णाली प्रदेश सरकारमा चार जना मन्त्रीहरूले पद तथा गोपनीयताको सपथ लिएका छन् । आइतबार प्रदेश प्रमुख...
साढे ८ किलो गाँजासहित महिला पक्राउ
काठमाडौं । बारामा साढे ८ किलो गाँजासहित एक जना महिला पक्राउ परेकी छन् । बर्दिया मधुवन नगरपालिका-७ बस्ने २५...
मान्छेमाथि आक्रमण गर्ने बाघको ड्रोन र हात्तीको प्रयोग गरि खोजिँदै
काठमाडौं । ड्रोन र हात्तीको प्रयोग गरि मान्छेलाई आक्रमण गर्ने बाघको खोजी गर्ने तयारी गरिएको छ । आज...
सुदूरपश्चिमको मुख्यमन्त्रीमा कमलबहादुर शाहले गरे दाबी पेस
काठमाडौं । सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा नेपाली कांग्रेसका कमलबहादुर शाहले दाबी पेस गरेका छन् । आज बिहान बसेको कांग्रेस संसदीय...
वर्तमान गठबन्धन लामो समयसम्म टिक्छ : विमलेन्द्र निधी
काठमाडौं । नेपाली कांग्रेसका नेता विमलेन्द्र निधीले वर्तमान गठबन्धन लामो समयसम्म टिक्ने दाबी गरेका छन् । जनकपुरधामको श्रीराम...
बाग्मती किनारमा एक पुरूषको शव फेला
काठमाडौं । ललितपुरको कुपन्डोलस्थित बागमती नदी किनारमा एक जना पुरूषको शव फेला परेको छ। आइतबार बिहान ८ बजेतिर...