ओलीलाई भेट्न बालकोट पुगे नवनियुक्त मुख्यमन्त्री कार्की
काठमाडौं । कोशी प्रदेशका नवनियुक्त मुख्यमन्त्री केदार कार्की एमाले अध्यक्ष केपी शर्मा ओलीलाई भेटन ओली निवास बालकोट पुगेका छन् । एमालेका ३९ सांसदको समर्थनमा मुख्यमन्त्री नियुक्त भएकै दिन काठमाडौं आइपुगेका कार्की आज ओलीलाई भेट्न बालकोट पुगेका हुन् ।
शनिवार साँझ त्रिभुवन विमानस्थलमा अवतरण भएसँगै कांग्रेस नेता शेखर कोइरालालाई भेट्न उनको निवास पुगेका कार्की त्यसपछि ओली निवास बालकोट पुगेका थिए । नेकपा एमालेको सहयोगमा संविधानको धारा १६८ (५) अन्तर्गत कोशीको मुख्यमन्त्री नियुक्त कार्कीले आज दिउँसो २ बजे पद तथा गोपनीयताको शपथ लिँदैछन् । शपथ लिएपछि आजै मुख्यमन्त्री कार्कीले एमालेबाट रामबहादुर राना र कांग्रेसका शम्सेर राईलाई मन्त्री नियुक्त गर्ने भएका छन् । मन्त्रीले पनि आजै शपथ लिनेछन् ।
कांग्रेसबाट विद्रोह गरेका कार्कीले नेकपा एमालेबाट एक र आफूलाई साथ दिएका एक जना कांग्रेस सांसदलाई आजै मन्त्री नियुक्ति गर्ने तयारी पनि गरेका छन्।
कर्णालीका नवनियुक्त मन्त्रीहरूले लिए शपथ
काठमाडौं । कर्णाली प्रदेश सरकारमा चार जना मन्त्रीहरूले पद तथा गोपनीयताको सपथ लिएका छन् । आइतबार प्रदेश प्रमुख...
साढे ८ किलो गाँजासहित महिला पक्राउ
काठमाडौं । बारामा साढे ८ किलो गाँजासहित एक जना महिला पक्राउ परेकी छन् । बर्दिया मधुवन नगरपालिका-७ बस्ने २५...
मान्छेमाथि आक्रमण गर्ने बाघको ड्रोन र हात्तीको प्रयोग गरि खोजिँदै
काठमाडौं । ड्रोन र हात्तीको प्रयोग गरि मान्छेलाई आक्रमण गर्ने बाघको खोजी गर्ने तयारी गरिएको छ । आज...
सुदूरपश्चिमको मुख्यमन्त्रीमा कमलबहादुर शाहले गरे दाबी पेस
काठमाडौं । सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा नेपाली कांग्रेसका कमलबहादुर शाहले दाबी पेस गरेका छन् । आज बिहान बसेको कांग्रेस संसदीय...
वर्तमान गठबन्धन लामो समयसम्म टिक्छ : विमलेन्द्र निधी
काठमाडौं । नेपाली कांग्रेसका नेता विमलेन्द्र निधीले वर्तमान गठबन्धन लामो समयसम्म टिक्ने दाबी गरेका छन् । जनकपुरधामको श्रीराम...
बाग्मती किनारमा एक पुरूषको शव फेला
काठमाडौं । ललितपुरको कुपन्डोलस्थित बागमती नदी किनारमा एक जना पुरूषको शव फेला परेको छ। आइतबार बिहान ८ बजेतिर...