दुग्ध विकास संस्थानद्वारा उत्पादित दुध तथा दुधजन्य पदार्थको मूल्यमा छुट

स्टार संवाददाता
स्टार संवाददाता

काठमाडौं । सरकारले चाडपर्वलाई लक्षित गरेर दुग्ध विकास संस्थानद्वारा उत्पादित दुग्ध तथा दुग्धजन्य पदार्थको मूल्यमा छुट दिने भएको छ । कृषि तथा पशुपंक्षी विकास मन्त्रालयले सोमवार पत्रकार सम्मेलन गर्दै दुग्ध तथा दुग्धजन्य पदार्थमा प्रतिलिटर २ रुपैयाँदेखि सय रुपैयाँसम्म छुटको व्यवस्था गरिएको जानकारी गराएको हो ।

 

दशैँ, तिहार, छठलगायतका चाडपर्वलाई लक्षित गरेर दुग्ध विकास संस्थानले उत्पादन गरेका वस्तुहरु आम उपभोक्तालाई सहुलियत दरमा दिने निर्णय गरिएको मन्त्रालयले जनाएको छ ।

 

जस अनुसार प्रतिलिटर ९७ रुपैयाँ पर्ने स्टाण्डर्ड दुधको मूल्य २ रुपैयाँ घटाएर ९५ रुपैयाँ राखिएको छ । त्यसैगरी दहीको प्रतिलिटर २० रुपैयाँ, नौनी प्रतिकेजी १०० रुपैयाँ, घिउ प्रतिलिटर १०० रुपैयाँ, मिठाईमा प्रतिकेजी १० रुपैयाँ, याक चीज ५ सय ग्राममा ६० रुपैयाँ छुटको व्यवस्था गरिएको छ ।

कर्णालीका नवनियुक्त मन्त्रीहरूले लिए शपथ

काठमाडौं । कर्णाली प्रदेश सरकारमा चार जना मन्त्रीहरूले पद तथा गोपनीयताको सपथ लिएका छन् ।   आइतबार प्रदेश प्रमुख...

साढे ८ किलो गाँजासहित महिला पक्राउ

काठमाडौं । बारामा साढे ८ किलो गाँजासहित एक जना महिला पक्राउ परेकी छन् । बर्दिया मधुवन नगरपालिका-७ बस्ने २५...

मान्छेमाथि आक्रमण गर्ने बाघको ड्रोन र हात्तीको प्रयोग गरि खोजिँदै

काठमाडौं । ड्रोन र हात्तीको प्रयोग गरि मान्छेलाई आक्रमण गर्ने बाघको खोजी गर्ने तयारी गरिएको छ ।   आज...

सुदूरपश्चिमको मुख्यमन्त्रीमा कमलबहादुर शाहले गरे दाबी पेस

काठमाडौं । सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा नेपाली कांग्रेसका कमलबहादुर शाहले दाबी पेस गरेका छन् । आज बिहान बसेको कांग्रेस संसदीय...

वर्तमान गठबन्धन लामो समयसम्म टिक्छ : विमलेन्द्र निधी

काठमाडौं । नेपाली कांग्रेसका नेता विमलेन्द्र निधीले वर्तमान गठबन्धन लामो समयसम्म टिक्ने दाबी गरेका छन् ।   जनकपुरधामको श्रीराम...

बाग्मती किनारमा एक पुरूषको शव फेला

काठमाडौं । ललितपुरको कुपन्डोलस्थित बागमती नदी किनारमा एक जना पुरूषको शव फेला परेको छ।   आइतबार बिहान ८ बजेतिर...

.