भोकमरी सूचकांकमा नेपालको अवस्था सुधारोन्मुख, , विश्व सूचीमा ६९ औँ स्थानमा

स्टार संवाददाता
स्टार संवाददाता

काठमाडौं । विश्वव्यापी भोकमरीको सूचकाङ्कमा नेपाल ६९ औँ स्थानमा परेको छ । विश्वव्यापी भोकमरीबारे जानकारी दिने अन्तर्राष्ट्रिय प्रतिवेदनअनुसार एक सय २५ देशको सूचीमा गएको वर्ष ८१ औँ स्थानमा रहेको नेपाल यस वर्ष ११ स्थान सुधार गरी ६९ औँ स्थानमा परेको हो ।

 

नेपालको अवस्था सुधारोन्मुख र मध्यम खालको भोकमरी भएको देशको सूचीमा छ । शून्यदेखि एक सय अंकमा मापन गरिने सूचकाङ्कमा जसको अङ्क सबैभन्दा कम हुन्छ त्यसैलाई कम भोकमरी भएको देशको रूपमा लिइन्छ । नेपाल १५ अङ्कसहित एक सय २५ देशमध्ये ६९ औँ स्थानमा रहेको हो । नेपालको अवस्था दक्षिण एसियामा भारत, पाकिस्तान र बङ्ग्लादेश भन्दा राम्रो देखिएको छ । भारतले भने प्रतिवेदन त्रुटिपूर्ण रहेको बताएको छ ।

 

विश्व भोकमरी सूचकाङ्क जीएचआई मापनका लागि मुख्य चार वटा सूचकलाई आधार मान्ने गरिएको प्रतिवेदनमा उल्लेख छ । त्यस्ता सूचकहरूमा अल्पपोषण, पाँच वर्षमुनिका बालबालिकामा हुने दीर्घकालीन कुपोषण, बालबालिकाको उमेरअनुसार उचाइ नपुगेको अवस्था र बाल मृत्युदर छन् ।

कर्णालीका नवनियुक्त मन्त्रीहरूले लिए शपथ

काठमाडौं । कर्णाली प्रदेश सरकारमा चार जना मन्त्रीहरूले पद तथा गोपनीयताको सपथ लिएका छन् ।   आइतबार प्रदेश प्रमुख...

साढे ८ किलो गाँजासहित महिला पक्राउ

काठमाडौं । बारामा साढे ८ किलो गाँजासहित एक जना महिला पक्राउ परेकी छन् । बर्दिया मधुवन नगरपालिका-७ बस्ने २५...

मान्छेमाथि आक्रमण गर्ने बाघको ड्रोन र हात्तीको प्रयोग गरि खोजिँदै

काठमाडौं । ड्रोन र हात्तीको प्रयोग गरि मान्छेलाई आक्रमण गर्ने बाघको खोजी गर्ने तयारी गरिएको छ ।   आज...

सुदूरपश्चिमको मुख्यमन्त्रीमा कमलबहादुर शाहले गरे दाबी पेस

काठमाडौं । सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा नेपाली कांग्रेसका कमलबहादुर शाहले दाबी पेस गरेका छन् । आज बिहान बसेको कांग्रेस संसदीय...

वर्तमान गठबन्धन लामो समयसम्म टिक्छ : विमलेन्द्र निधी

काठमाडौं । नेपाली कांग्रेसका नेता विमलेन्द्र निधीले वर्तमान गठबन्धन लामो समयसम्म टिक्ने दाबी गरेका छन् ।   जनकपुरधामको श्रीराम...

बाग्मती किनारमा एक पुरूषको शव फेला

काठमाडौं । ललितपुरको कुपन्डोलस्थित बागमती नदी किनारमा एक जना पुरूषको शव फेला परेको छ।   आइतबार बिहान ८ बजेतिर...

.