‘समाजको चरित्र नै सरकारको ऐन हो’
काठमाडौं । धितोपत्र बार्डका अध्यक्ष रमेश हमालले समाजको चरित्र नै सरकारको ऐन भएको बताएका छन् । सोमवार महिला आर्थिक पत्रकार संघको औपचारिक उद्घाटन कार्यक्रममा बोल्दै अध्यक्ष हमालले समाजको चरित्रबाट नै सरकार र देशको भविष्य निर्माण हुने बताएका हुन् ।
उनले मुलुकको समाजिक र आर्थिक विकास गर्नको लागि सरकारका सम्पूर्ण निकायहरुले प्रणालीका काम गर्न सक्नुपर्ने बताए । उनले कुनैपनि काम नियम र प्रणालीमा हुँदा जुन सकै निकायमा जो भए पनि फरक नपर्ने बताए । उनले जो कार्यकारी निकायमा भएपनि प्रणालीमा काम गरे मात्रै मुलुकको विकास हुने बताए । उनले मुलुकको आर्थिक विकासको लागि प्रणालीमा काम गर्ने र हाकिमको निर्देशन कम गर्न आवश्यक रहेको बताए । उनले देशका कार्यकारी प्रमुख प्रधानमन्त्री,मन्त्री वा अन्य निकायमा कार्यकारीको निर्देशन भन्दा पनि प्रणालीमा काम हुन आवश्यक रहेको बताए ।
त्यस्तै,नविल बैंकका अध्यक्ष उपेन्द्र पौडेलले मुलुकको अर्थतन्त्रमा धेरै समस्या नभएको बताए । उनले मुलुकको अर्थतन्त्र सुधारको लागि आत्मविश्वासको कम भएको भन्दै अब मनोबल उच्च बनाउने गरी सरकार तथा अन्य निकायहरुले काम गर्न आवश्यक रहेको बताए । उनले मुलुकको अर्थतन्त्रमा ६० प्रतिशत फण्डामेण्टल रुपमा बिग्रेको भएपनि ४० प्रतिशत मनोबल कमजोर भएको कारण समस्या आएको बताए । उनले केही आर्थिक सूचकहरु नकारात्मक हुँदा निजी क्षेत्र लगायत अन्य क्षेत्रमा मनोबल कमजोर भएको बताए ।
कर्णालीका नवनियुक्त मन्त्रीहरूले लिए शपथ
काठमाडौं । कर्णाली प्रदेश सरकारमा चार जना मन्त्रीहरूले पद तथा गोपनीयताको सपथ लिएका छन् । आइतबार प्रदेश प्रमुख...
साढे ८ किलो गाँजासहित महिला पक्राउ
काठमाडौं । बारामा साढे ८ किलो गाँजासहित एक जना महिला पक्राउ परेकी छन् । बर्दिया मधुवन नगरपालिका-७ बस्ने २५...
मान्छेमाथि आक्रमण गर्ने बाघको ड्रोन र हात्तीको प्रयोग गरि खोजिँदै
काठमाडौं । ड्रोन र हात्तीको प्रयोग गरि मान्छेलाई आक्रमण गर्ने बाघको खोजी गर्ने तयारी गरिएको छ । आज...
सुदूरपश्चिमको मुख्यमन्त्रीमा कमलबहादुर शाहले गरे दाबी पेस
काठमाडौं । सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा नेपाली कांग्रेसका कमलबहादुर शाहले दाबी पेस गरेका छन् । आज बिहान बसेको कांग्रेस संसदीय...
वर्तमान गठबन्धन लामो समयसम्म टिक्छ : विमलेन्द्र निधी
काठमाडौं । नेपाली कांग्रेसका नेता विमलेन्द्र निधीले वर्तमान गठबन्धन लामो समयसम्म टिक्ने दाबी गरेका छन् । जनकपुरधामको श्रीराम...
बाग्मती किनारमा एक पुरूषको शव फेला
काठमाडौं । ललितपुरको कुपन्डोलस्थित बागमती नदी किनारमा एक जना पुरूषको शव फेला परेको छ। आइतबार बिहान ८ बजेतिर...