२०२८ मा हुने ओलम्पिक खेलमा क्रिकेट पनि समावेश
काठमाडौं । सन् २०२८ मा अमेरिकाको लस एन्जल्समा हुने ओलम्पिक खेलमा क्रिकेट पनि समावेश हुने भएको छ । इन्टरनेशनल ओलम्पिक कमिटी आईओसीले सोमवार क्रिकेटसहित अन्य ४ वटा खेललाई २०२८ को ओलम्पिकमा समावेश गर्ने निर्णय गरेको हो ।
ओलम्पिकमा क्रिकेट प्रतियोगिता टी–२० फर्म्याटमा हुनेछ । भर्खरै चीनमा भएको एसियाली खेलकुदमा पनि क्रिकेट समावेश गरिएको थियो । निकै लामो समयदेखि क्रिकेटलाई पनि ओलम्पिकमा समावेश गराउन आवाज उठ्दै आएको थियो । २०२८ को ओलम्पिकमा क्रिकेटसहित बेसबल, फल्याग फुटबल, सिक्सेज र स्क्वास पनि समावेश गरिएको छ । ओलम्पिकमा क्रिकेट १ सय २८ वर्षपछि फेरि फर्किएको हो ।
यसअघि सन् १९९० मा ओलम्पिकमा क्रिकेट खेलाइएको थियो । आईओसीको यो निर्णयलाई लिएर भारतीय क्रिकेटर सूर्यकुमार यादवले खुशी व्यक्त गरेका छन् । विश्व मञ्चमा देशको प्रतिनिधित्व गर्ने फेरि अर्को मौका आएको उनले ट्विटरमा लेखेका छन् ।
भारत र श्रीलङ्काबीचको दोस्रो एकदिवसीय क्रिकेट आज हुँदै
काठमाडौं । भारत र श्रीलङ्काबीचको दोस्रो एकदिवसीय क्रिकेट आज हुँदैछ । तीन खेलको शृङ्खला अन्तर्गत दोस्रो एकदिवसीय खेल...
बार्सिलोनासँग रियल २-१ ले पराजित
काठमाडौं । बार्सिलोनाले प्रि-सिजन मैत्रीपूर्ण खेलमा चिरपरिचत प्रतिद्धन्द्धी रियल मड्रिडलाई पराजित गरेको छ । अमेरिकाको मेटालाइफ रंगशालामा आइतबार...
काभा महिला भलिबल : नेपाल र इरानबीच प्रतिस्पर्धा
काठमाडौं । काभा महिला भलिबल नेसन्स लिगमा आज नेपाल र इरानबीच प्रतिस्पर्धा हुने भएको छ । काठमाडौंको त्रिपुरेश्वरस्थित राष्ट्रिय...
चीनले पहिलोपटक कार्बन उत्सर्जन कटौतीको लागि राष्ट्रिय कार्ययोजना सार्वजनिक गर्याे
काठमाडौं । चीनले पहिलोपटक कार्बन उत्सर्जन कटौतीको लागि राष्ट्रिय कार्ययोजना सार्वजनिक गरेको छ । चीनको राज्य परिषदले कार्बन उत्सर्जनको...
ह्यारिस डेमोक्र्याटिक पार्टीबाट औपचारिक रूपमा राष्ट्रपतिको उम्मेदवार चयन
काठमाडौं । अमेरिकी उपराष्ट्रपति कमला ह्यारिस औपचारिक रुपमा डेमोक्रेटिक पार्टीबाट राष्ट्रपतिको उम्मेदवार बनेकी छन् । उनले पार्टीका प्रतिनिधिबाट...
काभा भलिबल लिग : नेपालले भारतको सामना गर्दै
काठमाडौं । काभा वुमन्स नेसन्स भलिबल लिगमा शनिबार चिरपरिचित प्रतिद्वन्दीहरू नेपाल र भारतबीच प्रतिस्पर्धा हुँदैछ । त्रिपुरेश्वरस्थित राष्ट्रिय...