अध्यक्ष ओली वास्तविक कम्युनिष्ट होइनन् : प्रधानमन्त्री
काठमाडौं । समाजवादी मोर्चाका नेताहरू एमालेका अध्यक्षप्रति आक्रामक देखिएका छन् । मोर्चाको सन्देशसभाका लागि कैलाली पुगेका उनीहरूले केपी ओलीलाई कम्युनिष्ट नै नभएको टिप्पणी गरे । मोर्चा तयार पार्दा ओलीलगायतको सातो गएको उनीहरूको प्रतिक्रिया छ ।
प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले एमालेको नेतृत्व वास्तविक कम्युनिष्टले नगरेको टिप्पणी गरेका छन् । समाजवादी मोर्चाले कैलालीको धनगढीमा सोमबार आयोजना गरेको सन्देश सभामा उनले केपी ओली संघीयतावादी र गणतन्त्रवादी नभएको आरोप लगाए । उनले ओलीले संविधान मिचेर संसद् विघटन गरेर्को र मुलुकलाई प्रतिगमनतर्फ लैजाने डरलाग्दो प्रयास गरेको नभुल्न आग्रह गरे ।
कार्यक्रममा नेकपा एकीकृत समाजवादीका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले समाजवादी मोर्चा तयार गर्दा केहीको सातो गएको तर्क गरे । उनले वामपन्थी शक्तिलाई एक ठाउँमा ल्याउने उद्देश्यले समाजवादी मोर्चा गठन गरेको स्पष्ट पारे । मोर्चा गठन गर्दा कांग्रेसलाई वास्ता नभए पनि केहीको पेट पोलेको उनले गठबन्धनको सरकार पाँच वर्षसम्म चल्ने दाबी गरे ।
नेकपाका महासचिव नेत्रविक्रम चन्द विप्लवले नेपाली जनताको भविष्य समाजवादी मोर्चाको हातमा आएको बताए । उनले अब नेपाल समाजवादी मोर्चा नेपाली नागरिकको हकहितका लागि लड्ने दाबी गरे । भदौ २६ गते स्थगन गरिएको मोर्चाको सभा सोमबार गरिएको हो । कैलाली जाने क्रममा प्रधानमन्त्री दाहाललाई क्रान्तिकारी कम्युनिस्ट पार्टीका कार्यकर्ताले कालो झण्डा देखाएका थिए ।
कर्णालीका नवनियुक्त मन्त्रीहरूले लिए शपथ
काठमाडौं । कर्णाली प्रदेश सरकारमा चार जना मन्त्रीहरूले पद तथा गोपनीयताको सपथ लिएका छन् । आइतबार प्रदेश प्रमुख...
साढे ८ किलो गाँजासहित महिला पक्राउ
काठमाडौं । बारामा साढे ८ किलो गाँजासहित एक जना महिला पक्राउ परेकी छन् । बर्दिया मधुवन नगरपालिका-७ बस्ने २५...
मान्छेमाथि आक्रमण गर्ने बाघको ड्रोन र हात्तीको प्रयोग गरि खोजिँदै
काठमाडौं । ड्रोन र हात्तीको प्रयोग गरि मान्छेलाई आक्रमण गर्ने बाघको खोजी गर्ने तयारी गरिएको छ । आज...
सुदूरपश्चिमको मुख्यमन्त्रीमा कमलबहादुर शाहले गरे दाबी पेस
काठमाडौं । सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा नेपाली कांग्रेसका कमलबहादुर शाहले दाबी पेस गरेका छन् । आज बिहान बसेको कांग्रेस संसदीय...
वर्तमान गठबन्धन लामो समयसम्म टिक्छ : विमलेन्द्र निधी
काठमाडौं । नेपाली कांग्रेसका नेता विमलेन्द्र निधीले वर्तमान गठबन्धन लामो समयसम्म टिक्ने दाबी गरेका छन् । जनकपुरधामको श्रीराम...
बाग्मती किनारमा एक पुरूषको शव फेला
काठमाडौं । ललितपुरको कुपन्डोलस्थित बागमती नदी किनारमा एक जना पुरूषको शव फेला परेको छ। आइतबार बिहान ८ बजेतिर...