इजरायल र हमासबीचको द्वन्द्व : इन्धन र पानीको अभावमा धेरै घाइते मर्न सक्ने सम्भावना
काठमाडौं । इजरायल र प्यालेस्टिनी विद्रोही समूह हमासबीचको जारी द्वन्द्वका कारण गाजा क्षेत्रमा मानवीय स्थिति बिग्रँदै गएको छ । विश्व स्वास्थ्य संगठन डब्लूएचओका अनुसार २४ घण्टाका लागि मात्र पानी, बत्ती र इन्धन बाँकी रहेको छ ।
गाजा क्षेत्रका चिकित्सकले पनि गत आइतबार इन्धन र अन्य उपकरणको अभावमा धेरै घाइते मर्न सक्ने चेतावनी दिएका थिए । यही अक्टोबर ७ मा हमासले इजरायलमा आक्रमण गरेपछि इजरायलले पनि जवाफी कारबाही स्वरूप उत्तर गाजा क्षेत्रमा नाकाबन्दी गरेको हो, जसका कारण त्यहाँको जनजीवन कष्टपूर्ण बनेको छ । स्थानीय खानेपानी, विद्युत्, इन्धन र खाद्यान्न सामग्रीका लागि संघर्ष बाध्य छन् । अर्कोतर्फ इजरायलले उत्तरी गाजामा निरन्तर जसो मिसाइल आक्रमण गरिरहेको छ ।
बीबीसीका अनुसार सोमबार साँझसम्म इजरायलको आक्रमणमा गाजा क्षेत्रमा मर्नेको संख्या २ हजार ८ सयभन्दा बढी पुगेको छ । १० हजारभन्दा बढी घाइते भएका छन् ।
कर्णालीका नवनियुक्त मन्त्रीहरूले लिए शपथ
काठमाडौं । कर्णाली प्रदेश सरकारमा चार जना मन्त्रीहरूले पद तथा गोपनीयताको सपथ लिएका छन् । आइतबार प्रदेश प्रमुख...
साढे ८ किलो गाँजासहित महिला पक्राउ
काठमाडौं । बारामा साढे ८ किलो गाँजासहित एक जना महिला पक्राउ परेकी छन् । बर्दिया मधुवन नगरपालिका-७ बस्ने २५...
मान्छेमाथि आक्रमण गर्ने बाघको ड्रोन र हात्तीको प्रयोग गरि खोजिँदै
काठमाडौं । ड्रोन र हात्तीको प्रयोग गरि मान्छेलाई आक्रमण गर्ने बाघको खोजी गर्ने तयारी गरिएको छ । आज...
सुदूरपश्चिमको मुख्यमन्त्रीमा कमलबहादुर शाहले गरे दाबी पेस
काठमाडौं । सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा नेपाली कांग्रेसका कमलबहादुर शाहले दाबी पेस गरेका छन् । आज बिहान बसेको कांग्रेस संसदीय...
वर्तमान गठबन्धन लामो समयसम्म टिक्छ : विमलेन्द्र निधी
काठमाडौं । नेपाली कांग्रेसका नेता विमलेन्द्र निधीले वर्तमान गठबन्धन लामो समयसम्म टिक्ने दाबी गरेका छन् । जनकपुरधामको श्रीराम...
बाग्मती किनारमा एक पुरूषको शव फेला
काठमाडौं । ललितपुरको कुपन्डोलस्थित बागमती नदी किनारमा एक जना पुरूषको शव फेला परेको छ। आइतबार बिहान ८ बजेतिर...