बेदकोट नगर ८ का जनता जमिनको मालिक बन्दै 

स्टार संवाददाता
स्टार संवाददाता

काठमाडौं । कञ्चनपुरको बेदकोट नगरपालिका एक वडाका किसानलाई जग्गाधनी प्रमाण पत्र लालपुर्जा वितरण गरिएको छ । बेदकोट नगरपालिका ८ का स्थानीय किसानलाई  जग्गाधनी प्रमाण पत्र लालपुर्जा वितरण गरिएको हो ।

 

मंगलबार एक कार्यक्रमका बिच राष्ट्रिय भूमि आयोग कञ्चनपुर र बेदकोट नगरपालिकाले उनीहरुलाई लालपुर्जा वितरण गरेको छ ।  जमिन उपभोग गरेको बषौँपछि बेदकोट ८ का स्थानीय ७० जना किसानले जमिनको स्वामित्व पाएका छन् । झण्डै ६ दशक अर्थात् ५८ बर्सपछि उनीहरूले जमिनको लालपुर्जा पाएका हुन । स्व।महेन्द्र राजाले ऐलानी खोलेका बेला ०२२ सालदेखि यता पहाड सहित अन् यन्त्र जिल्लाबाट साबिक सुडा पञ्चायत, गाविस हुँदै हाल बेदकोट नगरपालिका ८ मा बसाई सरी आएका थिए ।

 

यस बिचमा लालपुर्जा पाउनबाट वञ्चित एव छुट स्थानीयले अहिले आएर पाएका छन् ।  बेदकोट नगरपालिका ८ का वडाध्यक्ष महेशराज जोशीले लामो समयको प्रतीक्षा पछि ७० किसानलाई लालपुर्जा वितरण गर्न सफल भएको बताए । वडाध्यक्ष जोशीले वडाबाट २सय १३ किसानलाई लालपुर्जा वितरणका लागि सिफारिस गरे पनि जिल्ला भूमि आयोगले ७० जना किसानलाई मात्रै लालपुर्जा वितरण गरेको बताए ।

 

वडाध्यक्ष जोशीले बषौँदेखि जमिन उपभोगदेखि संरक्षण गर्दै आएका किसानले ढिलो गरी लालपुर्जा पाएको बताए । बेदकोट नगरका मेयर भोजराज बोहराले ८ नम्बर वडा जस्तै अन्य वडाहरूमा समेत लालपुर्जा वितरण गरिने बताए । मेयर बोहराले वडाध्यक्ष महेश दत्त जोशी पालिका, आयोग सहितको प्रयासले केही किसानलाई लालपुर्जा वितरण गर्न सफल भएको बताए ।

 

मेयर बोहराले अन्य वडाध्यक्षहरूलाई समेत आयोगको कामकाज अघि बढाउन आव्हान गरेका छन् । मेयर बोहराले आयोगले बेदकोट नगरका १० वटै वडामा बाँकी रहेको काम शीघ्र गर्नुपर्ने अनुरोध गर्दै आवश्यक स्रोत साधन दिइने बताए ।  भूमि आयोग कञ्चनपुरका सदस्य सचिव एव प्रमुख नापी अधिकृत पुष्कर पालले बेदकोट नगरपालिका ८बाट सिफारिस भएका मध्ये बाँकीको कानुनीरूपमा प्रमाण अपुग भएकाले पहिलो चरणमा ७० जनालाई लालपुर्जा वितरण गरिएको बताए ।

 

राष्ट्रिय भूमि आयोग कञ्चनपुरका अध्यक्ष देवेन्द्र ढुङ्गानाले यस अघि कृष्णपुर र अहिले बेदकोट नगरमा लालपुर्जा वितरण शत्रु गरिएको बताए ।  अध्यक्ष ढुङ्गानाले बेदकोट लगत्तै अन्य पालिकाहरूमा समेत लालपुर्जा वितरण गरिने बताए । कार्यक्रमका विशिष्ट अतिथि सुदूरपश्चिम प्रदेश सभा सदस्य एव पुर्वमन्त्री प्रकास रावलले बषौँदेखि जमिन उपभोग गर्दै आएका किसानलाई जमिनको स्वामित्व हस्तान्तरण गर्ने कार्यले जनता र राज्य दुवै लाभान्वित हुने बताए । त्यसका लागि प्रदेश सभाका तर्फबाट आवश्यक सहयोग समन्वय गर्ने बताए ।

 

कार्यक्रमका प्रमुख अतिथि संविधान सभा सदस्य समेत रहेका सुप प्रदेश सभा सदस्य बहादुर सिह थापाले समेत यसरी नै बाँकी सबै किसानलाई जमिनको स्वामित्व हस्तान्तरण गर्दै जानुपर्ने बताए । उनले पनि आफ्नो तर्फबाट आवश्यक सहयोग गर्ने बताए । झण्डै ६ दशकपछि जमिनको मालिक भएका स्थानीयले लालपुर्जा पाएपछि खुसी व्यक्त गरेका छन् । उनीहरूले बेदकोट ८, नगरपालिका नेतृत्व एव राष्ट्रिय भूमि आयोगप्रति आभार प्रकट गरेका छन् । स्थानीय रमेश धामीले बाजेका पालामा बसेको र अहिले नातिका पालामा आएर जमिनको स्वामित्व पाएको बताए ।

कर्णालीका नवनियुक्त मन्त्रीहरूले लिए शपथ

काठमाडौं । कर्णाली प्रदेश सरकारमा चार जना मन्त्रीहरूले पद तथा गोपनीयताको सपथ लिएका छन् ।   आइतबार प्रदेश प्रमुख...

साढे ८ किलो गाँजासहित महिला पक्राउ

काठमाडौं । बारामा साढे ८ किलो गाँजासहित एक जना महिला पक्राउ परेकी छन् । बर्दिया मधुवन नगरपालिका-७ बस्ने २५...

मान्छेमाथि आक्रमण गर्ने बाघको ड्रोन र हात्तीको प्रयोग गरि खोजिँदै

काठमाडौं । ड्रोन र हात्तीको प्रयोग गरि मान्छेलाई आक्रमण गर्ने बाघको खोजी गर्ने तयारी गरिएको छ ।   आज...

सुदूरपश्चिमको मुख्यमन्त्रीमा कमलबहादुर शाहले गरे दाबी पेस

काठमाडौं । सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा नेपाली कांग्रेसका कमलबहादुर शाहले दाबी पेस गरेका छन् । आज बिहान बसेको कांग्रेस संसदीय...

वर्तमान गठबन्धन लामो समयसम्म टिक्छ : विमलेन्द्र निधी

काठमाडौं । नेपाली कांग्रेसका नेता विमलेन्द्र निधीले वर्तमान गठबन्धन लामो समयसम्म टिक्ने दाबी गरेका छन् ।   जनकपुरधामको श्रीराम...

बाग्मती किनारमा एक पुरूषको शव फेला

काठमाडौं । ललितपुरको कुपन्डोलस्थित बागमती नदी किनारमा एक जना पुरूषको शव फेला परेको छ।   आइतबार बिहान ८ बजेतिर...

.